images
images
images

रामेछापको लुभुघाटमा कार दुर्घटना, ३ जना घाइते

images

काठमाडौँ । रामेछापको खाँडादेवी गाउँपालिका–१ स्थित लुभुघाटमा कार दुर्घटना भएको छ । दुर्घटनामा परेर कार चालक सहित ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा बा।१८ च ६८५३ नम्बरको कार चालक काभ्रेको पनौती नगरपालिका घर भएका ३२ वर्षीय विनोद श्रेष्ठ, ३४ वर्षीय कुमार तामाङ र उनका छोरा ३ वर्षीय सलिम तामाङ छन् ।

नेपालथोकबाट लुभु बजारतर्फ जाँदै गरेको कार माझिगाउँमा सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी चौकी लुभुघाटले जनाएको छ । घाइतेहरुलाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS