images
images
images

विपत्तीबाट हुने क्षती न्युनिकरण गर्न एकिकृत घटना नमुना अभ्यास

images

तनहुँ
विपत्तीबाट हुने क्षती न्युनिकरण गर्न सोमबार एकिकृत घटना नमुना अभ्यास सम्पन्न गरिएको छ ।
तनहुँ जलविद्युत आयोजनाको आयोजनामा नमुना अभ्यास सम्पन्न भएको हो ।
सेती नदीमा निर्माण गरिएको अस्थायी बाँध (कफर ड्याम) र निर्माण हुने मुख्य बाँधका कारण भविश्यमा आउन सक्ने सम्भावित बाढीजन्य विपद् र त्यसले तल्लो तटीय क्षेत्रमा पर्न सक्ने क्षतिको न्यूनीकरण गर्न तथा उद्दारका लागि नदीजन्य जोखिम न्यूनिकरण एवम् विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम एकीकृत घटना अभ्यास गरिएको हो ।
तनहुँ हाइड्रोपावर लिमिटेडको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तहहरु, सरोकारवाला निकाय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय तथा सहकार्यमा गरिएको उक्त कृत्रिम घटना अभ्यास प्रदर्शनीमा बाढी तथा आगलागीमा खोजतलास, उपचार र राहत वितरणमा आधारित रहेको थियो । बाँध निर्माणस्थलदेखि तल्लो तटीय क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुको सुरक्षाको सुनिश्चितता, सचेतना तथा सुरक्षाको प्रत्याभूति प्रदान गर्न अभ्यास गरिएको हो ।
सेती नदीमा आउन सक्ने सम्भावित बाढी र पानीको सहतमा हुन सक्ने उतारचढावका विषयमा बाँध निर्माणस्थल भन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन विभिन्न १५ ठाउँमा साइरन जडान गरिएको तनहुँ जलविद्युत आयोजनाका आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । बाँधको डिजाइन १० हजार वर्षमा १ पटक आउन सक्ने सबैभभन्दा ठूलो भूकम्प र बाढीलाई आधारमानी गरिएको छ । सेती नदीमा २० वर्षमा एक पटक आउनसक्ने सम्भावित बाढीलाई ध्यान दिएर हाल ३५ मि. अग्लो अस्थायी बाँध मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीइ क्षेत्रमा निर्माण गरिएको भण्डारीले बताए ।
बाँध प्राविधिक रुपमा सुरक्षित रहेको छ । तर पनि सेती नदीमा आउनसक्ने सम्भावित बाढी र त्यसले बाँध निर्माण स्थल भन्दा तल्लो तटिय क्षेत्रका बासिन्दालाई पर्न सक्ने असरलाई न्युनिकरण गर्नकोलागि गर्नु पर्ने प्रतिकार्य अनुसार विपद् नमुना अभ्यास गरिएको जलविद्युत आयोजना प्रमुख भण्डारीले बताए ।
उक्त कार्यक्रममा नदीमा बाढी आउँदा सुरक्षाकर्मी र रेडक्रसकर्मीले गर्ने उद्धारको तरिका प्रर्दशनी गरिएका े थियो । साथै घाइतेको प्राथमिक उपचारको पक्रिया तथा आगजनीबाट घरमा क्षती हुँदा आगो नियन्त्रण लिन, घाइतेको उद्धार भौतिक सम्पत्तीको सुरक्षा गर्ने तरिकाको बारेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीले अभ्यास प्रर्दशनी गरेका थिए ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले विपद्को समयमा उद्धार टोलीहरुको सक्रियता निकै आवश्यक भएको बताए । कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पनि विपद्जन्य घटना न्युनिकरणको लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS