images
images

गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला

images

पोखरा। गण्डकी प्रदेशको पोखरामा श्रमाधान रोजगार मेला सुरू हुदैछ। पोखराको ईभेन्ट सेन्टरमा बिहान ११ बजे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्नेछन्।

मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल ९हान० को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् ।

मेलामा रोजगारदाता र रोजगारी खोज्नेहरूबीच एउटै प्लेटफर्ममा भेट हुनेछ। मेलामा विभिन्न खालका स्टलहरू राखिएका छन्।

त्यस्तै मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे सम्वाद समेत हुनेछ। दुईदिनसम्म चल्ने मेलामा पहिलो दिन श्रम आप्रवासन स् कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अबसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा सम्वाद हुनेछ।

त्यस्तै दोस्रो दिन भोलि शिक्षा र रोजगारी बीचको सेतुस् कार्यस्थलमा सिकाईको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाठा विषयमा सम्वाद हुनेछ।

कोशी प्रदेशको विराटनगरबाट सुरू भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिनेछ। मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्त्वपूर्ण मानिने श्रम मन्त्रालयले जनाएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS