तनहुँ । जिल्ला भलिवल संघको आयोजनामा दमौलीमा भएको अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा शुक्लागन्डकी नगरपालिका विजयी भएको छ । आइतबार विहान भएको फाइनल खेलमा शुक्लागन्डकीले घिरिङ गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको थियो ।
उपाधीसँगै शुक्लागन्डकीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपबिजेता भएको घिरिङले नगद ५१ हजार १ सय ११ प्राप्त गरेको छ । शनिबार आयोजित फाईनल खेल हावाहुरी र वर्षाको कारण स्थगित भएको थियो ।
यस अघि शनिबार विहान तेश्रो स्थानको लागि भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका विच भएको खेलमा भिमाद नगरपालिका बिजयी भएको थियो ।
गत जेठ १७ गतेबाट सन्चालित उक्त प्रतियोगितामा जिल्लाका आबुँखैरेनी बाहेकका सबै स्थानीय तहको सहभागिता रहेको थियो । तनहुँ जिल्ला भलिवल संघका अध्यक्ष पदम सुनारको अध्यक्षतामा सो प्रतियोगिता भएको थियो ।