काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित काभ्रेस्थलीमा मिनी ट्रक दुर्घटना भएको छ । बा।४ ख ३२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा काभ्रेस्थली घर भएकी २७ वर्षीय रमिला तोलाङ्गी छिन् । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । गाडी चालक सिन्धुली घर भएका २६ वर्षीय सुशील दमाई ‘रोशन’सहित पाँच जना घाइते भएका एसपी अधिकारीले जानकारी दिए ।
घाइते हुनेमा सुशील दमाई, सहचालक सिन्धुली घर भएका २० वर्षीय कृष्ण तामाङ, २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मर्स्याङ्दी र धादिङ घर भएकी १८ वर्षीय पविता तोलाङ्गी छन् । उनीहरूको जरङ्खुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
















