images
images
images

गण्डकीका अस्पतालमा गर्भवती र सुत्केरी आवास स्थापना गर्ने पाण्डेको निर्णय

images

पोखरा । गण्डकी प्रदेशका १२ अस्पतालमा गर्भवती तथा सुत्केरी महिलाका लागि आवास स्थापना गरिने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।

‘प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरूमा गर्भवती तथा सुत्केरी महिलाका लागि आवास स्थापना तथा सञ्चालन गरिने छ,’ निर्णयमा भनिएको छ ।

यस्तै, स्थानीय तहलाई कानुनी ज्ञान भएका जनशक्ति व्यवस्थापन गर्न न्यायिक सहजकर्ताको व्यवस्था गर्ने निर्णयमा पनि उनले हस्ताक्षर गरेका छन् ।

‘स्थानीय न्यायिक सहजकर्ता ९नियुक्ति तथा परिचालन० कार्यविधि २०८१ तर्जुमा गर्ने निर्णय गरिएको छ,’ निर्णयमा उल्लेख छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS