images
images

गण्डकी प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने सरकारको तयारी

images

पोखरा । गण्डकी प्रदेशको संसद् बैठक आज बस्दै छ । बुधबार नयाँ सरकार गठनसँगै आज बैठक बस्न लागेको हो । यसअघि मंगलबार बैठक बोलाइएकोमा सूचना टाँसेर स्थगन गरिएको थियो ।

बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारी छ । तर सरकारसँग बहुमत नभएका कारण पारित हुने सम्भावना न्यून रहेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम र बजेट संसदबाटै ल्याउने दाबी गरेका छन् । ुसंसद चलिरहेको छ । नीति कार्यक्रम र बजेट संसदबाटै ल्याउने होु, शपथपछि पत्रकारको प्रश्नमा उनले भने ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS