images
images
images

बसपार्कमा तानातान गरेर पर्यटकलाई दुःख दिने सात जना पक्राउ

images

कास्की । सर्वसाधारण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका(४ बस्ने ३८ वर्षीय यम बहादुर बिक, सोही महानगरपालिका(९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय विक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चुरी तथा २० वर्षीय लक्ष्मण सिंह, सोही महानगरपालिका(७ बस्ने २२ वर्षीय विकास श्रेष्ठ र सोही महानगरपालिका(२६ बस्ने २८ वर्षीय साजन परियार रहेका छन् ।

पोखरा महानगरपालिका(९ स्थित पृथ्वीचोक, बसपार्क एरियामा आन्तरिक तथा बाह्‍य पर्यटकहरूलाई आफू अनुकूलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाइ गर्ने तथा लागु औषधजन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरूलाई दुःख हैरानी दिइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS