images
images
images

तनहुँमा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने

images

तनहुँ

छुवाछुत उन्मुलन राष्ट्रिय दिवस भव्य रुपमा मनाउन संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँको शुक्रबार बृहत बैठक सम्पन्न भएको छ ।

समितिका संयोजक डोबाटे बि.क.को अध्यक्षतामा बसेको बैठकले जेठ २१ गते सोमबार उक्त दिवस मनाउन विविध बिषयमा छलफल गरी निर्णय गरेको छ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि १५ सदस्यीय व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरेको छ ।

बैठकमा नेपाल दलित संघ अध्यक्ष रामकृष्ण बिक,मुक्ति समाजका अध्यक्ष भरत लामगादे,दलित मुक्तिमोर्चा अध्यक्ष दलबहादुर बिक,नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार बिक,केशबहादुर सुनार,डिलबहादुर नेपाली,कृष्णलाल बिक,कृष्ण सुनार,कृष्ण रुचाल लगायतकाले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

महिला परिचालन उपसमितिमा लक्ष्मी परियारको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ । जसमा सुनिता नेपाली र जौमाया सुनार रहेका छन् । त्यसैगरी संस्कृति उपसमितिको संयोजकमा श्रीराम गन्र्धव,कृष्णबहादुर परियार,सन्दीप परियार,सीता बिसी लगायतका रहेका छन् । त्यसैगरी सम्मान उपसमितिको संयोजकमा विकास सुनार,गोपाल सुर्खाली,प्रकाश सुनार चयन भएका छन् ।

त्यसैगरी मिडिया उपसमितिको संयोजकमा एस.बि.नेपाली,पूर्ण बिक,अशोक बिक,सन्तोष बिक,सुरेश सुनार,शालिकराम सुनार,शर्मिला बिक,अन्जान परियार चयन भएका छन् । त्यसैगरी प्रचारप्रसार उपसमिति संयोजकमा अमृतबहादुर नेपाली,गोपाल सुर्खाली र दीपक बिकलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा पदम सुनार,मिनबहादुर चदारो र लोकबहादुर बिकलाई चयन गरिएको छ ।

राजनीतिक क्षेत्रमा योगदान पुराएका चार व्यक्तित्व सम्मानित ः

त्यसैगरी बैठकले राजनीतिक क्षेत्र लगायतका विविध क्षेत्रमा योगदान गरेका चार व्यक्तिलाई सम्मान गर्ने भएको छ । भानुकी उपप्रमुख उमा गोतामे, शुक्लागण्डकी नगरपालिकाकी निवर्तमान उपप्रमुख सबिता रसाइली , शुक्लागण्डकीकै उपप्रमुख खुम बहादुर बिक राजु, र मरणोपर्यन्त स्व.रामलिला सुवर्णकारलाई सम्मान गर्ने निर्णय भएको हो ।

छुवाछुत मुक्त राष्ट्र घोषण भएपनि कार्यन्वयन नभएकाले दलितका हक अधिकार स्थापित गर्न दबाब दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिका संयोजक बिकले जानकारी दिए ।

सरकारले विसं २०६३ पुर्नस्थापित संसदले छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको खुशीयालीमा उक्त दिवस मनाउन लागेको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS