images
images
images

ट्रेकिङमा हराएका दुई पर्यटकको उद्धार, हेलिकप्टरबाट काठमाडौँ पठाइयो

images

पोखरा । ट्रेकिङका लागि मुस्ताङ पुगेर सम्पर्कविहीन भएका दुई पर्यटकलाई प्रहरीले उद्धार गरेको छ । उनीहरूलाई बिहीबार प्रहरीले उद्धार गरेको हो ।

काठमाडौँको हिमालयन ओन्ड्रस ट्रेकिङ एजेन्सीले भारतीय ट्रेकिङ टोलीलाई थोरङ पासका लागि पठाएको थियो । १० जना पर्यटक र नेपाली गाइड पोटर ६ सहित १६ जना मुस्ताङ गएकामा दुई जना सम्पर्कविहीन भएका थिए ।

वारागुङ मुक्ति क्षेत्र गाउँपालिका २ स्थित मुस्ताङ र मनाङको सिमानामा पर्ने थोरङ पास गरी मुक्तिनाथतर्फ झर्ने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।

मुम्बई बस्ने टोनी पर्मर र अमज्योति पर्मर खराब मौसमका कारण हराएका र दुवै जनाको उद्धार भैसकेको डीएसपी भोजराज पाण्डेले बताए । उनीहरू श्रीमान् श्रीमती हुन् ।

‘खबर पाएपछि हामी गयौँ । उनीहरूलाई थोरङपासको तल्लो टी शपमा फेला पार्यौं,’ उनले भने, ‘अवस्था सकुशल छ ।’

दुवै जनालाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको पाण्डेले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS