images
images
images

एमाले तनहुँ अधिवेशन :२३ सदस्य निर्विरोध चयन

images

दमौली । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० तनहुँ जिल्ला कमिटीको दशौँ अधिवेशनबाट २३ जना सदस्य निर्विरोध चयन भएका छन् । आइतबार दिउँसो भएको उम्मेदवारी दर्तामा विभिन्न क्लष्टरबाट २३ जना जिल्ला सदस्य निर्विरोध चयन भएका हुन् ।

निर्वाचन कमिटीका संयोजक पदमप्रसाद लामिछानेका अनुसार जिल्ला मजदुरबाट सोमबहादुर आले र भीमबहादुर गुरुङ, जिल्ला खुल्ला अपाङ्गबाट मदन थापा, भूगोल भानु नगरपालिकाबाट महिलातर्फ रुपा तामाङ र उमा श्रेष्ठ निर्विरोध चयन भएका हुन् ।

यसैगरी लेखा कमिटीको अध्यक्षमा प्रेमप्रसाद पौडेल, उपाध्यक्षमा आरसी पण्डित, सचिवमा त्रिभुवन श्रेष्ठ, सदस्यहरुमा रामजी खत्री क्षेत्री र कोपिला थापा निर्विरोध चयन भएका छन् । अन्य पदहरुमा मतदानको तयारी गरिएको छ । निर्वाचनमा कूल पाँच सय ८७ मतदाता छन् ।

जिल्ला अध्यक्षमा हरिराज कँडेल र विष्णुभक्त सिग्देल, उपाध्यक्षमा राजेश्वर ढकाल र श्रीराम कार्की, सचिवमा प्रदीपराज अधिकारी र अनिल पाण्डे, उपसचिव खुलामा खीमबहादुर कुमाल र आरके पोखरेल, महिला उपसचिवमा सुनिता नेपाली र बसुन्धरा घर्ती प्रतिस्पर्धामा रहेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS