images
images
images

आर्थिक शिथिलता अन्त्य गर्ने बजेट चाहिन्छ : अग्रवाल

images

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक भएको बताएका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रिबजेट छलफलमा उनले बजेटले अर्थतन्त्रमा देखिएको संकट सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

निजी क्षेत्रको मनोबल माथि नउठेसम्म सरकार पनि सफल हुन नसक्ने बताउँदै उनले विगतमा लिइएका गलत नीति सच्याउन माग गरेका हुन् ।

पुराना कानुनका कारण व्यवसायी र निजी क्षेत्रलाई दुस्ख दिन नहुने उनको भनाइ छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS