images
images

नगरपालिकाले ४ सय २८ जनाको निशुल्क स्वस्थ्य बीमा गरिदिने

images

तनहुँको भानु नगरपालिकाले ४ सय २८ जनाको निशुल्क स्वस्थ्य बीमा गरिदिने भएको छ । गत चैत्र २८ गते बसेको कार्यपालिकाको बैठकले नगरपालिका भित्र रहेका”गू” र”घू” वर्गका अपाङ्गता परिचय( पत्र प्राप्त गरेका ब्यक्ति र उनको परिवार , बेपत्ता परिएका ब्यक्तिका परिवार, सहिद परिवार र पालिका भित्र रहेका बालगृहका बालबालिकालाई निशुल्क स्वास्थ्य बीमा गरिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।
नगरपालिकाले निशुल्क स्वस्थ्य बीमा गर्न कार्यबिधि तयार गरि स्वस्थ्य बीमा गर्ने कार्यका लागि १५ लाख रुपैया बजेट विनियोजन गरिएको उप(मेयर उमा गोतामेले बताउनुभयो ।

अपाङ्गता ब्यक्तिलाई स्वास्थ्यकाृ हिसाबले पनि बीमा गर्न उपयुक्त हुने र बेपत्ता पारिएका र सहिद परिवारलाई पनि स्थानीय सरकारको प्रत्यभूति दिलाउन निशुल्क स्वास्थ्य बीमाको कार्यक्रम गर्न लागिएको र स्वस्थ्य जस्तो संवेदनशील क्षेत्रमा नगरपालिकाको विशेष ध्यान जाने गरेको पालिकाका मेयर आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

निशुल्क स्वास्थ्य बीमाका लागि निर्दिष्ट गरेकाहरुको शुचि तयार गर्ने कार्य भैरहेको र जेष्ठ महिना भित्रै स्वास्थ्य बीमा गरिने स्वस्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुभास रेग्मीले जानकारी दिनुभयो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS