images
images
images

राष्ट्रवादी नेता अधिकारी क्षत्री समाज नेपालको केन्द्रीय उपाध्यक्षमा निर्वाचित

images

दमौली, १६ वैशाख ।
राष्ट्रवादी नेता तथा समाजिक ब्यक्तित्व तनहुँका राजेन्द्रबहादुर अधिकारी क्षत्रीहरुको छाता संगठनको रुपमा रहेको क्षत्री समाज नेपालको केन्द्रीय उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन ।तनहुँको दमौलीमा सम्पन्न क्षत्री समाज नेपालको चौथो केन्द्रीय महाधिवेशनबाट अधिकारी उपाध्यक्षमा सर्व सम्मत निर्वाचित भएका हुन् ।

महाधिवेशन आयोजक जिल्ला तनहुँले यस पटक सम्मन जनक रुपमा ३ जना केन्द्रीस्य सदस्य समेत पाएको छ । जसमा भरतबहादुर अधिकारी, रामबहादुर अधिकारी र चक्रबहादुर अधिकारी रहेका छन ।
२०८० चैत २५ गते दमौलीमा भएको समाजको केन्द्रीय अधिवेशनमा समाजको केन्द्रीय अध्यक्ष पद बाहेक अन्य सबै पदहरु सर्वसम्मत भएता पनि अध्यक्ष पदमा निवर्तमान कोषाध्यक्ष रिबबहादुर थापा र निवार्तानान महासचिव केसबहादुर खत्रीको दाबी रहेको अध्यक्ष पदमा सहमति हुन नसके पछि केन्द्रीय अधिवेशनले ५ सदस्यीय सहजीकरण समिति गठन गरेको थियो ।

सहजीकरण समितिको लामो प्रयासमा पनि सहमति जुटाउन नसकेकोले बैशाख १५ गतेको लागि निर्वाचन समितिले निर्वाचनको मिति तय गरेको थियो। तर अधिकांश जिल्लाका प्रतिनिधिहरुले सहमतीय प्रक्रियाबाट नै अध्यक्ष चयन गरिनु पर्ने अन्यथा निर्वाचन बहिष्कार गर्ने चेतावानी दिनुका साथै बन्द सत्र भएको स्थान दमौली स्थित समाजको भवनमा सहमतिको लागि दवाब दिनको लागि नाराबाजी गरेका थिए। अन्त्यमा अध्यक्षका प्रत्याक्षी केसबहादुर खत्रीले आफ्नो मनोनयन फिर्ता लिए पछि रिबबहादुर थापा सर्वसम्मत अध्यक्षमा घोषणा भएका थिए ।

नव निर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायत सबै केन्द्रीय सदस्यहरुलाई निर्वाचन समितिका संयोजक चन्द्रबहादुर रोकाहाले शपथ ग्रहण गराई प्रमाण पत्र प्रदान गरेका थिए ।अध्यक्ष थापाको अध्यक्षतामा हिजै बसेको केन्द्रीय समितिको पहिलो बैठकले तनहुँ जिल्ला कार्य समिति लगायत अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद गर्दै छिट्टै घोषणा सभा गर्ने, राष्ट्रियता, जनजीविकाको र जनसरोकारका बिषयमा ब्राह्मण समाज नेपाल तथा सबै जातिय संगठनहरुसंग सहकार्य गरि सदीयौं देखि चलि आएको जातीय सद्भाव कायम गर्ने, क्षत्रीका नाममा खुलेका केही संगठनलाई समाजमा आवद्व गर्न प्रयास गर्ने, देशको सार्वभौम सुरक्षार्थ र बेथिति विरुद्व एकजूट भई आबस्यक परे फेरी उपयुक्त कदम चाल्ने आदि निर्णय गरेको छ ।

करिब ७ लाख सक्रीय सदस्य रहेको यो संगठनको केन्द्रीय कार्यालय पोखरामा रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS