images
images

गोरखाको वीरेन्द्र ताल फुट्यो, तल्लो क्षेत्रमा बाढी

images

पोखरा । गोरखाको वीरेन्द्र ताल फुटेको छ । मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर निस्किएको हो ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ ।

‘माथि खासै ठुलो क्षति भएको छैन । एउटा काठेपोल बगाएको भन्ने छ,’ उनले भने, ‘तल्लो क्षेत्रमा नदी बढेको छ । सतर्कता अपनाउन भनेका छौँ ।’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS