images
images
images

मनकामना मन्दिरमा कहिले आउँछ गणतन्त्र ?

images

गोरखा । निसानबहादुर थापा मनकामना मन्दिरका पुजारी हुन् । उनका बाबु इन्सानबहादुर थापा २०४० सालदेखि मुल पुजारीको रुपमा कार्यरत छन् । २०२६ देखि पूजा कर्म थालेका उनले बाबुको मृत्यु नहुँदासम्म पुजारीमात्रै भएर काम गरे । बाबुको मृत्युपछि इन्सान मुल पुजारीमा बढुवा भएका हुन् । निसान पनि बाबुले पूजाकर्म नछोड्दासम्म पुजारी भएर काम गर्छन्, बाबुको सेखपछि उनी मुल पुजारी बन्छन् ।

थापा परिवारले २१ पुस्तादेखि मनकामना मन्दिरमा पूजाअर्चना गर्दै आएको छ । २०४० सालमा बाबुको मृत्युपछि इन्सानका काकाले आफू मुल पुजारी हुन पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले इन्सानकै पक्षमा फैसला सुनायो ।

राजा मरेपछि राजाको जेठो छोरा राजा हुने चलन अब नेपालमा छैन । गणतन्त्र आएपछि तीन तहका सरकार छन् । जनअपेक्षा हुबहु पूरा नभए पनि गच्छेअनुसार काम गरिरहेकै छन् । गणतन्त्रले राजसंस्था फाले पनि गोरखाको मनकामना मन्दिरमा राजसंस्थाको प्रवृत्तिगत अवशेष अझै कायम छ । यहाँ पुजारीको जेठा छोरा नै पुजारी हुन्छन् ।

उनीहरू वंशका रुपमा मात्रै होइन, स्रोतको प्रयोगमा पनि राजकीय ठाँट चलाउँछन् । मनकामना मन्दिरमा चढाइने भेटीमा पुजारीकै मनमौजी छ । मन्दिरको भेटीलाई सरकारीकरण गर्नुपर्ने आवाज स्थानीयले पटकपटक उठाएका छन्, तर कसैले सुन्दैन ।

दुई कार्यकालसम्म धार्मिक क्षेत्र विकास समितिको अध्यक्ष भएर काम गरिसकेका दिनेश जोशी धेरै प्रयत्न गर्दा पनि भेटी व्यवस्थित गर्न नसकेको बताउँछन् । उनको बुझाइमा पुजारीकै कारण भेटी राष्ट्रियकरण हुन नसकेको हो । ‘पुजारी परम्पराको नाममा अरुलाई दिन नचाहने, हिजोको तरिकाले चलिरहने । दिन नपरे हुन्थ्यो जस्तो गर्ने,’ उनले भने, ‘कुरा उठ्न थालेपछि नेता र अदालतसम्म बिटो लिएर पुग्ने । अहिलेसम्म यस्तै चलिरहेको छ ।’

दिनमै औसत ५ हजार व्यक्तिले मन्दिर दर्शन गर्छन् । सुन चढे पनि, चाँदी चढे पनि, द्रव्य, नैवेत जे चढे पनि पुजारीले भागबण्डा लगाएर लिन्छन् । जिन्सीबाहेक महिनाको करोडभन्दा बढी भेटी मन्दिरमा चढ्छ, कति भेटी चढ्छ, मन्दिरमा के के चढ्छ सबै अदृश्य छ ।
मनकामनामा कति भेटी चढ्छ भन्ने यथेष्ट जानकारी पुजारी बाहेक कसैसँग छैन । समितिमा बसेकाहरूले गरेको अनुमानमा मासिक २ करोडभन्दा बढी भेटीघाटी ९जिन्सी सहित० मन्दिरमा भक्तजनले चढाउँछन् ।

दिनमै औसत ५ हजार व्यक्तिले मन्दिर दर्शन गर्छन् । ‘सुन चढे पनि, चाँदी चढे पनि, द्रव्य, नैवेत जे चढे पनि पुजारीले भागबण्डा लगाएर लिन्छन् । जिन्सीबाहेक महिनाको करोडभन्दा बढी भेटी मन्दिरमा चढ्छ,’ जोशीले भने, ‘कति भेटी चढ्छ, मन्दिरमा के के चढ्छ सबै अदृश्य छ । करोडौँ कमाउने पुजारीले राज्यलाई कर तिर्दैनन् । त्यसबाट विकास निर्माणको काममा खर्च हुँदैन । राज्य निरीह छ ।’

उनको कार्यकालमै मन्दिरको भेटी सरकारीकरण हुनुपर्ने आवाज उठेको हो । त्यसका लागि केही बैठक मन्त्रालयमा पनि बसेको थियो । बैठकमा पुजारी सहभागी थिए । तर पछि सम्बन्धित निकायले चासो दिएनन् । सरकारले धार्मिक क्षेत्रमा हुने भेटीको व्यवस्थापन गर्न २०७३ सालमा भेटी व्यवस्थापन निर्देशिकाचाहिँ बनायो । त्यसकै आधारमा काठमाडौँको पशुपतिनाथ मन्दिरसँगै पोखराको विन्ध्यावासिनी मन्दिरमा निर्देशिका अनुसार काम भइरहेको छ । पुजारी तलबमा छन्, आम्दानी समितिले लिन्छ र विकासमा खर्च गर्छ । मनकामना मन्दिरको भेटी व्यवस्थापनका विषयमा बेलाबखत आवाज उठे पनि निष्कर्षमा पुगेको छैन ।

हालका अध्यक्ष रामकुमार श्रेष्ठ सरकारले तदारुकता देखाए भेटी व्यवस्थापन गर्न सकिने बताउँछन् । ‘पुजारीसँग मात्रै सल्लाह लिएर हुने होइन, कानुन बनाएर व्यवस्थित गरे पुजारी नियमभित्र आउनैपर्छ,’ उनले भने, ‘सरकारले आँट गर्नुपर्यो । भेटी एउटा व्यक्तिले खाने कानुनी आधार छैन । देवीलाई चढाएको भेटी संस्थाकै नाममा हुनुपर्छ ।’ पुजारीले पठाउने बोकाका टाउकोको भरमा कोही बिक्न नहुने उनको भनाइ छ ।

२०५३ को गठनादेश अनुसार धार्मिक क्षेत्र विकास समिति क्रियाशील छ । भेटीलाई व्यवस्थित गर्न अहिले पनि पटकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बैठक बसेको र प्रक्रियामा लगे पनि फाइल अघि बढ्न नसकेको श्रेष्ठले सुनाए । उनले समितिलाई जिम्मा दिए २० करोडसम्म वार्षिक आम्दानी गर्न सक्ने बताए ।

‘कति भेटी उठ्छ, थाहा छैन । तर सबै अधिकार समितिलाई दिने हो भने २० करोडसम्म वर्षमा आम्दानी गर्छु,’ उनले भने ।

सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले मनकामना पालिका अन्तर्गत नभएका कारण व्यवस्थित गर्न गाह्रो परेको बताए । ‘सुरुमा मनकामना क्षेत्र विकास समिति पालिका मातहतमै रहने भन्ने भयो । २०७४ मा निर्वाचित भएर आइसकेपछि पटकपटक बहस र छलफल भएको छ,’ अध्यक्ष थापाले भने, ‘हामी कार्यविधि बनाउने तयारीमा थियौँ, पछि सङ्घ सरकार मातहत नै रहने भन्ने निर्णय भयो । अहिले फेरि प्रदेशमा अधिकार दिइएछ ।’

गुठी संस्थानले निसानबहादुर थापालाई मात्रै पुजारी नियुक्ति दिएको छ । तर उनले आफ्ना भाइ र भान्जासहित थप ४ जनालाई नियुक्ति दिएका छन् । मुल पुजारी बिहान पूजा गर्न आउँछन् । त्यसपछि दिनभरि पालैपालो अरुले पूजा गर्छन् । सबै भेटी र जिन्सी आफ्नै तरिकाले लिन्छन् ।
प्रदेशबाट प्रमुख सचिव र पर्यटन सचिव मनकामना पुगेर प्रारम्भिक छलफल पनि गरिसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुस १८ गते समिति चलाउने अधिकार प्रदेश सरकारलाई दिएको हो । ‘प्रदेश सरकारबाट एउटा टोली आएर प्रारम्भिक छलफल गरेको छ । कार्यविधि बनाउन हामी छलफलमा छौँ,’ थापाले अघि भने, ‘भेटीघाटीलाई व्यवस्थित गर्नुपर्छ, पुजारीलाई सम्बोधन गर्नुपर्छ । चलनचल्तीलाई नियमअनुसार व्यवस्थित गरेर जानुपर्छ । बृहत् रुपमा समाधान खोज्नुपर्छ ।’

पुजारी थापा पनि आफ्नो र परिवारको व्यवस्थापन गरे भेटी संस्थागत गर्न अवरोध नगर्ने बताउँछन् । ‘राज्यको नियममा म नबस्ने भन्ने हुँदैन । तर परम्परा धान्नुपर्छ । पुस्तौँदेखि यसैमा जोडिएको मेरो परिवारलाई राज्यले यथोचित सम्बोधन गर्नुपर्छ,’ उनले भन्दै आएका छन्, ‘म बाटो फुकाउन तयार छु ।’

गुठी संस्थानले निसानबहादुर थापालाई मात्रै पुजारी नियुक्ति दिएको छ । तर उनले आफ्ना भाइ र भान्जासहित थप ४ जनालाई नियुक्ति दिएका छन् । मुल पुजारी बिहान पूजा गर्न आउँछन् । त्यसपछि दिनभरि पालैपालो अरुले पूजा गर्छन् । सबै भेटी र जिन्सी आफ्नै तरिकाले लिन्छन् । धार्मिक क्षेत्र विकास समितिले पनि छुट्टै दानपेटिका राखेको छ । सोही दानपेटिकामा सङ्कलन भएको रकमले कार्यालय सञ्चालन खर्च चल्छ । मासिक ५ लाख हाराहारी रकम दानपेटिकाबाट सङ्कलन हुन्छ । समिति सञ्चालनका लागि १४ जना कर्मचारी छन् । तलबभत्तामा मासिक झण्डै ४ लाख खर्च हुन्छ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS