images
images
images

गैंडाकोटमा स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

images

चितवन । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका(५ मा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छिन् ।

बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका( ४ स्थायी घर भै हाल भरतपुर(२१ बस्दै आएकी ६८ बर्षीया पार्वती पौडेलको मृत्यु भएको हो ।

पौडेलको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ । दुर्घटनामा परी स्कुटर चालक गैंडाकोट ५ बस्ने २० बर्षिया आशिका सापकोटा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS