images
images

नेसपाको केन्द्रीय समिति बैठक बस्दै

images

काठमाडौँ । नेपाल समाजवादी पार्टी९नेसपा० को केन्द्रीय समिति बैठक बिहान ११ बजे जडीबुटीमा बस्ने भएको छ । पार्टी विभाजन भएपछि संगठन सुदृढीकरण, महाधिवेशनको तयारी र अध्यक्ष महिन्द्र राय पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डा रहेको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले बताए ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षीय नेताहरूको जिम्मेवारी मुक्त गर्ने निर्णय गर्दै माओवादी केन्द्रसँग एकता गर्ने सहमति खारेज गरेको थियो ।

‘केन्द्रीय कार्यकारिणी समितिले तय गरेका एजेण्डाको विषयमा निर्णय लिन केन्द्रीय समिति बैठक बोलाइएको हो । पार्टी विधान, विधि र प्रक्रियाविपरित गतिविधि गर्ने नेताहरूको जिम्मेवारी मुक्त, महाधिवेशनको तयारी, संगठन विस्तार लगायत विषयमा निर्णय हुन्छ’, उनले भने ।

शनिवार महिन्द्र पक्षीय नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको थियो ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS