images
images
images

ललित गौचन स्मृति समाजसेवा सम्मान माछापुच्छ्रे महिला क्लबलाई

images

पोखरा ।नागरिक समाज पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ललित गौचन स्मृति समाजसेवा सम्मान यस वर्ष पोखरा ७ स्थित माछापुच्छ्रे महिला क्लबलाई प्रदान गरिएको छ । फोहोर मैला व्यवस्थापन र वातावरण सरसफाइ अभियानमा सकृर्य र उदारणिय कार्य गरे वापत क्लबलाई सम्मान गरिएको हो ।
सम्मान अर्पण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामुहिक प्रयासले मात्र पोखरालाई सफा,सुन्दर र हरियाली बनाउन सकिने बताउदै समाजलाई सुसस्कृत बनाउन अहिले विद्यमान निराशा र अराजक्तालाई सकरात्मक प्रयास मार्फत निर्मुल पार्नु पर्ने बताउनु भयो । पोखरालाई हरित शहरका रुपमा विकास गर्न लागिएको स्पष्ट पार्दै वातावरण ,पर्यावरण मैत्री बनाउन खोजेको बताउदै घरमा हरियो रङ्ग पोत्ने पोखरामहानगरले कहि कतै निर्णय नगरेको स्पष्ट पारे ।

पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले आफ्नो वडाको क्लब सम्मान भएकोमा खुसी व्यक्त गर्दै स्व।ललित गौचन संग लामो समयसम्म आफु पनि जोडिएर काम गरेको स्मरण गर्नुभयो ।

सम्पुर्ण संघ सस्थाको तर्फबाट बोल्दै मासबार आमा समुहका अध्यक्ष शारदा गिरीले सुरुवाती दिनमा स्व। ललित गौचन संग जोडिएर पोखरा ७ मा थुपै्र सामाजिक कार्य गरेको बताउनुभयो । व्यक्ति विशेषलाई दिदै आएको सम्मान यस वर्षबाट सकृय संस्थालाई दिनु सकरात्मक भएको बताउनु भयो ।
सम्मानित संस्था माछापुच्छ्रे महिला क्लबको अध्यक्ष गिता पौडेलले सम्मानले आफ्नो क्लबलाई थप उर्जा मिलेको बताउदै फोहोरलाई मोहर बनाउन महानगरपालिका र वडाले सहयोग गरे थप सक्रियका साथ फोहोर मैला व्यवस्थापनमा लाग्ने बताए ।

नगरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सहित सम्मानित संस्थाको परिचय सम्मान कार्यक्रम संयोजक विष्णुहरि अधिकारी र संचालन समाजका पवक्ता गोकुल बहादुर कार्कीले गरेका थिए ।

सामाजिक क्षेत्रमा काम गर्दा गर्दै स्वागारोहण भएका ललित गौचनको स्मृितमा राखिएको समाजसेवा सम्मानबाट यस अघि प्रभा पन्त,गरिराज अधिकारी,विश्वरत्न शाक्य,ईन्द्र गुरुङ, शिवमाया श्रेष्ठ, विष्णु प्रसाद गुरुङ,दिलिपराज श्रेष्ठ र सन्धया गुरुङ तुलाचन सम्मानित भईसकेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS