व्यास १ l माहिली डाडा टोल विकास संस्थाको अधिबेशन शनिबार सम्पन्न भएको छ । उक्त अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको अध्यक्षमा टुक प्रसाद दाहाल,उपाध्यक्षमा अर्जुन सुनार,सचिवमा हरि गौतम,कोषाध्यक्षमा सुशीला पन्थ र सहसचिवमा ताराकुमारी थापा सर्वसम्वत चयन भएका छन् । संस्थाको समितिमा अन्य नौ जना सदस्य पदमा चयन भएका छन् । संस्थाका अध्यक्ष श्रीराम गन्धर्वको अध्यक्षतामा सम्पन्न टोल भेलाले सर्बसम्मत रुपमा कार्यसमिति चयन गरेको हो।