images
images
images

उपनिर्वाचनका लागि २० दलको निवेदन

images

काठमाडौँ । आगामी बैशाख १५ गते इलाम बझाङमा हुने उपनिर्वाचनका लागि २० दलले निवेदन दिएका छन् । निवेदन दिनेहरुमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेका छन् ।

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा ९एकीकृत समाजवादी० लगायत छन् ।

रास्वपाले प्रतिनिधिसभामा मात्रै सहभागी हुने निर्णय गरेकाले उसले प्रदेश सभाका लागि निवेदन दिएको छैन ।

एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ ९क०मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि रिक्त हुन गएकाले उपनिर्वाचन हुन लागेको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS