काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका(१२ रिलायन्सस्थित सडकमा प्रदेश(१(०२(००१ क ३९७८ नम्बरको ट्रकले प्रदेश (१(०२(०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका(८ बस्ने ३० वर्षीय बिपन दाहाल र मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका(६ बस्ने अनोज दाहालको छोरा ६ वर्षीय अवि दाहालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै झापाको शिवसताक्षी नगरपालिका(१ धरमपुरस्थित सडकमा मे।१ ख २५४७ नम्बरको बसले मे।१० प ७७५८ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका(११ बस्ने २५ वर्षीय राहुल थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिरहाको गोलबजार नगरपालिका(४ धर्मकाँटास्थित सडकमा बा।९ च ६५६६ नम्बरको कारले प्रदेश ०१(००४ प ४९९४ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(८ बस्ने १७ वर्षीय विवेक उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई लाइफ लङ्ग हेल्थकेयर गोलबजार हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता धनुषाको बिदेह नगरपालिका(५ हनुमान मन्दिर नजिक सडकमा माचीबाट जनकपुरतर्फ जाँदै गरेको प्र।२(०२(००२ प १००२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हंसपुर नगरपालिका(५ सुगानिकास बस्ने ३५ वर्षीया रेनु कुमारी मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















