images
images
images

भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु

images

काठमाडौं । भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार च्याम्हासिंह चोकमा बा।३ ख ६४०६ नम्बरको बसको ठक्करबाट ८५ वर्षीय विष्णुभक्त प्रजापति घाइते भएका थिए ।

प्रजापतिको उपचारको क्रममा गएराति वि।एण्ड।वि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बसले उनलाई ठक्कर दिएको हो ।

बस चालक काभ्रेको नमोबुद्ध घर भएका २३ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत जगातीले अनुसन्धान गरिरहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS