images
images
images

नवौँ फर्मा एक्स्पोको तयारी पूरा

images

काठमाडौँ । चितवनमा हुने नवौँ फर्मा एक्स्पो २०२४ को तयारी पूरा भएको छ । नेपाल औषधि उत्पादक संघ ९एपोन० ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौँ फर्मा एक्स्पो आयोजना गर्ने भएको हो ।

चितवन एक्स्पो सेन्टर भरतपुरमा शुक्रवारदेखि ९२५ गतेदेखि २७ गतेसम्म० ‘नवौँ नेपाल फर्मा एक्स्पो–२०२४’ को तयारी पूरा भएको जनाइएको छ ।

नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नुका साथै नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्धतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको संघले जनाएको छ ।

सो एक्स्पोमा १६० वटा स्टल रहने छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत ९ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थ र नेपाली उद्योगले बनाएका औषधिको स्टल रहने जनाइएको छ ।

एक्स्पोको करिब २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS