images
images
images

चितवनमा आगामी शुक्रबारबाट तीन दिने नवौँ नेपाल फर्मा एक्स्पो हुँदै

images

काठमाडौँ । चितवनमा आगामी शुक्रबारबाट तीन दिने नवौँ नेपाल फर्मा एक्स्पो हुँदैछ ।नेपाली औषधि उद्योग संघ ९एपोन०ले चितवनमा फागुन २५ देखि २७ गतेसम्म सो फर्मा एक्स्पो संचालन गर्न लागेको हो ।

सो एक्स्पोमा १६० भन्दा बढी स्टल राखिने संघ ९एपोन०का महासचिव सुर्दशन खेगुलीले बताए । सो एक्स्पोको मुख्य उद्देश्य नेपाली औषधिलाई चिनाउने रहेको उल्लेख गरे ।

नेपाली उद्योगले गुणस्तर, असरदार र सस्तोमा औषधि उत्पादन गर्दछन् भनेर सर्वसाधारणलाई जानकारी दिनका सो एक्पो आयोजना गरिएको उनको भनाई छ । उनले हरेक दुई÷दुई बर्षमा एक्स्पो गर्दैआएको सुनाए । उनका अनुसार नेपालमा करिब ८४ वटा औषधि उद्योग छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS