images
images
images

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

images

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(१४ डलवा टोलमा को।२८ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिरहुत गाउँपालिका(१ धनपुरी बस्ने १८ वर्षीय तिलक नारायण ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यता नवलपरासी पूर्वको देवचुली नगरपालिका(१४ छत्तिसघरमा बा।६९ प ९२३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कावासोती नगरपालिका(११ कुडौली बस्ने २५ वर्षीय सागर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसि अस्पताल चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका(१ बर्दिबास हमाल टोलस्थित सडकमा प्रदेश २(०४(००१ प ३४४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका(२ बस्ने २८ वर्षीय सन्जोग राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS