images
images
images

सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

images

काठमाडौँ । सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को।१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS