images
images
images

भानुमा आँखा उपचार केन्द्र सञ्चालनको तयारी 

images

भानु

तनहुँको भानुमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ । भानु नगरपालिकाको वडा नं २ नारेश्वटार स्थित आधारभुत स्वास्थ्य केन्द्रको भवनमा आँखा उपचार केन्द्र स्थापना हुने भएको हो ।

नेपाल नेत्रज्योति संघ,भरतपुर आँखा अस्पताल चितवन र भानु नगरपालिका विच बिहिबार आँखा उपचार केन्द्र सञ्चालन सम्बन्धी समझौता सम्पन्न भएको छ । भानु नगरपालिका कार्यपालिका बैठकको अवसरमा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवन र भानु नगरपालिका विच संयुक्त सहकार्यमा भानु नगरपालिका वडा नं २ नारेश्वटार स्थित आधारभुत स्वास्थ्य केन्द्रको भवनमा आँखा उपचार केन्द्र स्थापना गरि सञ्चालन गर्ने सम्बन्धी २ पक्षीय सम्झौता भएको छ ।

समझौता पत्रमा भानु नगरपालिकाले आँखा उपचार केन्द्रको लागि भवन उपलब्ध गराउने, प्रचार प्रसारको जिम्मा र आँखा स्वास्थ्य सेवाको विस्तारको लागि भानु नगरपालिकाले गर्नु पर्नेछ भने आँखा उपचार केन्द्र सञ्चालनको लागि आवश्यक औजार उपकरण,औषधी ,चस्मा ,लेन्स तथा अन्य स्टेशनरी सामानहरु तथा मर्मत सम्भार ,आवश्यकता अनुसार कम्तिमा वर्षको एक पटक निःशुल्क आँखाको अप्रेसन सहितको आँखा शिविर संचालन आदि कार्य नेपाल नेत्रज्योति संघ,भरतपुर आँखा अस्पताल चितवनलले गर्ने समझौतामा उल्लेख गरिएको छ । साथै आँखा उपचार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरिय रूपमा सञ्चालन गर्नको लागि आँखा उपचार केन्द्र ८ सदस्यीय सहयोग समिति गठन गरिने नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठीले जानकारी दिए ।

समझौता पत्रमा भानु नगरपालिकाको तर्फबाट नगर प्रमुख आनन्दराज त्रिपाठी ,प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल र स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराई र नेपाल नेत्रज्योति संघ,भरतपुर आँखा अस्पतालको तर्फबाट अध्यक्ष जयराम श्रेष्ठ ,उपाध्यक्ष तेजेन्द्र खड़का र बाहिय कार्यक्रम संयोजक रमेश घिमिरेले हस्ताक्षर गरेको नगरपालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS