तनहुँ
मूल जन्म थलो तनहुँ जिल्ला रहेर संसार भर छरिएर रहेका तनहुँ निवासी प्रवासी नेपालीहरू बिच भएको बृहत जुम भेला बाट तनहुँ अन्तरास्ट्रिय समन्वय समिति गठन भएकाे छ ।
भेलाले राजन त्रिपाठीको सभापतित्वमा आठ महादेश वाट आठ उपाध्यक्ष, तिन सचिब, एक कोषाध्यक्ष, दुइ सह-कोषाध्यक्ष सहित संसारको विभिन्न मुलुक वाट तिस सदस्य तथा चौध सल्लाहकार समितिको गठन गरेको हाे । तनहुँको विकासमा सामूहिक योगदान गर्ने उद्देश्यले प्रेरित भएर तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति│Tanahun Samaj ICC│Tanahun Samaj International Coordination Council ” को औपचारिक गठन गर्ने निर्णय गरेकाे हाे ।
तदर्थ समितिलाई सभापतिमा राजन त्रिपाठी, वरिष्ठ उप-सभापति लेख गुरुङ तथा संस्थाका महासचिव रवि चन्द्र भट्टराई लाई कार्यसमितिको परामर्शमा छ महिना भित्र पूर्णता दिन जिम्मेवारी समेत दिएकाे छ ।
संसारभर छरिएर रहेका तनहुँ निवासीहरू बिच आपसी समन्वय गर्दै तनहुँमा ज्ञान, सीप, प्रविधि हस्तान्तरण, नयाँ बजार माग अनुरूपको शिक्षा, प्राविधिक सीप विकास र स्वस्थ जस्ता विषयमा विशेष जोड दिँदै तनहुँको समग्र विकासमा तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भूमिका खेल्ने गरी यसलाई औपचारिक संस्थाको रूपमा विकास गर्ने र सोही बमोजिम अघि बढ्ने सामूहिक अवधारणा अनुरूप तनहुँ समाज आइसिसीको औपचारिक घोषणा सम्पन्न भएको हाे ।
कार्यक्रममा विदेशमा रहेर तनहुँ र नेपाललाई संसारभर चिनाउन अतुलनीय भूमिका खेल्ने डाक्टर केशव पौडेल, डाक्टर अलिनी पोख्रेल, वेद राज पराजुली, नेम थापा, विशाल गुरुङ आदिको सम्बोधन भएकाे थियाे । भेलामा डाक्टर बच्चु कैलाश कैनी प्रमुख अतिथिकाे रुपमा रहेका थिए। तनहुँ समाज अमेरिकाका सभापति किरण पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमले निकै लामो समय देखि तनहुँ संग जन्म वा कर्मले जोडिएका प्रवासी नेपाली हरूबिच हुनुपर्ने भनिएको अन्तर्राष्ट्रिय समन्वय समितिले औपचारिकता प्राप्त गरेको हाे ।