images
images

समाज,संस्कृति र धर्म

images
  लेखक:शम्भु बहादुर अधिकारी 
प्रकृतिको निर्माण भयेको अरबौ बर्ष पछि जीबनको सुरूवात भयेको हो।सबैभन्दा पछिल्लो जीबनको उत्पति मानब जीबनको उत्पति हो।तिनिहरू ब्यक्ति ब्यक्तिका रूपमा नरहेर समाजमा बस्न सुरु गरे।त्यही समूहमा बस्ने मानवीय प्रबृत्ति नै समाज निर्माणको अबस्था हो।मानिस प्रकृतिको एक अभिन्न अंग हो जस्को अभाबमा ज्ञान,बिज्ञान र सभ्यता असंभब हुन्छ।मानब जातीले प्रकृतिभित्र रहेका जैबिक र अजैबिक बस्तुहरूको उपयोग गरेर मानिसले आफ्नो समाज र संस्कृतिलाइ परिस्कृत गर्दै लैजान्छ।जीबनको आरम्भिक चरणमा मानिसहरूको बस्ने ठाउ थिएन,प्रकृतिबाट प्राप्त बस्तु मात्र खान्थे,सुरक्षा थिएन,हिम्स्रक जन्तुहरूको आक्रमणबाट बंच्न मानिसहरू रातमा समूहबद्ध भयेर बस्न थाले,कृषि उत्पादन  गरी अतिरिक्त अन्नबाली भण्डार गर्न थालियो,सिकार गरेर ल्याएका बस्तुहरू बाडिचुडि खान थाले। उत्पादन नहुदासंम उनीहरूले प्रकृतिबाट प्राप्त कन्दमूल र फलफुल खाएर जीबन निर्बाह गर्न थाले।आगोको आबिष्कारले उनीहरूको बिकासलाइ तीब्र पार्यो।माछा,मासु र सिकारबाट प्राप्त मासुले उनीहरूको दीमागमा ठुलो प्रभाब पार्यो।बन्यजन्तुबाट बंच्न हतियारको निर्माण गर्न सुरुवात गरियो ,सामुहिक रूपमा हात्ति बाघ र गैडा जस्ता डरलाग्दा बस्तुहरूलाइ आगोको मुस्लोले धबाउन थालियो।प्रकृतिमा उम्रेका अन्नहरूलाइ हलो,गोरू,जमिनको प्रयोग गरेर स्थायी रूपमा खेति सुरू भयो।खाने बस्तु नपाए पछि मानिसहरूका झुण्ड छुट्टिएर अलग अलग ठाउतिर जान थाले जस्ले गर्दा उनीहरूको रहनसहन,भाषा,परंपरा,संस्कृति र सभ्यतामा समेत फरक पर्दै गयो।यसरी समाजको निर्माण सुरू भयो।आफ्नै समूह र जातका मानिसहरू अपरिचित हुदै गये।भूगोल,बाताबरण, हावापानीका कारण कोही गोरा,कोही राता र कोही काला हुदै गये।भाषाको बिकास गरेर आफ्ना कुराहरू एक अर्कालाइ भन्न सिके।बन्य जन्तुलाइ समातेर मानिसले घरपालुवा जनावरको रूपमा प्रयोग गर्न जान्यो जस्ले गर्दा उस्लाइ जंगलमा सिकार गर्न जान पर्ने स्थिति आएन।यसरी मानिसले आफ्ना आबश्यकताहरू पुरा गर्न आफ्नो श्रमको प्रयोग गर्यो,स्वयं मानिस आफै श्रमको उपज हो।समाजलाइ एकीकृत,ब्यबस्थित र कार्य संपादनका लागि केही चलाख मानिसलाइ समाजको नेत्रृत्व प्रदान गर्यो,संगै उस्का सहोगीहरू पनि राख्न थालियो।ती मानिसहरूको अबस्था बिशेष हुदै गयो।बाकि समाजका मानिसहरूलाइ निश्चित कार्यहरू गर्न निर्देशित गरीयो।यसरी समाजमा नेताहरू,उस्का सहयोगीहरू, किसानहरू,श्रमजीबी मानिसहरूको  निर्माण भयो जस्मा समाजका उच्चबर्ग,उस्का सहयोगी,ब्राम्हणहरूले शारीरीक काम गर्न पर्ने भयेन।बैदिक कालमानै बर्ण ब्यबस्थाको जन्म भयेको थियो जुनबेला रघुकुलका राजा रामले “शम्बूक “भन्ने अछुतले बेद पढेको आरोपमा उस्लाइ मारेका थिए।निश्चित कामहरू निश्चित बर्णका मानिसले मात्र गर्न पर्ने स्थितिको सिर्जना भयो।बिस्तारै ती नेताहरू स्थायी रूपमा शासन सत्तामा पुगे।गुरू पुरेतहरूले शासकवर्गको सेवा गर्दै त्यो नेत्रृत्व(राजा)लाइ पुस्तान्तरणको ब्यबस्था गरियो।श्रमिक र किसानबर्गले उच्चबर्ग र ब्राम्हणका लागि फोगटमा काम गरेर ख्वाउनु पर्ने भयो।पहिला समूहका नाइके,गणनायक,नागरीय राज्यको नाइके हुदै अन्ततः त्यो नेत्रृत्व देश र समाजको नेता मात्र होइन “राजा”घोषणा गरीयो जुन पछि परंपरा बन्दै राजाको पद जेठो छोरामा सर्दै गयो।पहिलाका गणतान्त्रिक राज्यहरू युद्ध हारेर अर्को मुलुकमा गाभिए या कोही       स्वइच्छ्याले कुनै अमूक  राज्यमा मिसिए र त्यो महान साम्राज्यमा बिकसित भयो।प्राकृतिक जगत हुदै लामो समय लगाएर मानिसहरूले आफूनो समाजको निर्माण गर्यो।त्यस्को साथै आफू अनुकूलको शासकीय स्वरूप ,प्रतिनिधिहरू,कार्यालयमा काम गर्ने कर्मचारीको पनि बिकास गर्यो।तत्कालीन समाज र शासन ब्यबस्थित गर्न मनुस्मृति जस्ता शास्त्रको निर्माण गरियो।।राजतन्त्र अपरिबर्तनीय हुदै गयो।बिरोधी शक्तिलाइ दमन गर्न अदालत,सेना,प्रहरी,कानून र राज्यका बिभिन्न अबयवहरू तयार पारियो।आज कैयौ मुलुकहरूबाट राजतन्त्रको अन्त्य भये पनि केही मुलुकमा बिम्बको रूपमा राजसंस्था राखिएको छ।
            सामाजिक परिवर्तन बुझ्नका लागि हामीले समाजको परिबर्तित स्थितिलाइ पनि बुझ्नु पर्दछ।सबैभन्दा पहिले समाज भनेको के हो त्यो पनि बुझ्नु आबश्यक छ।ब्यक्तिहरूको सामुहिक जीबन समाजका बिभिन्न कारणहरूले जीबन जीउनका लागि मानिसहरूका बीच संबन्धहरू स्थापित हुन्छन,त्यसैले समाजको चरित्रको स्वरूपलाइ निर्धारण गर्दछ।मूलतः मानिसका बीचको आर्थिक  संबन्ध र धनसंपतिको उत्पादनको  संबन्ध हुन्छ।यो आर्थिक संबन्ध नै समाजमा मानिसको बीचको संबन्ध नै महत्वपूर्ण संबन्ध हो।बर्ग बिभाजित समाजमा उत्पादित बस्तु आदिको असमान बितरणलाइ नै बर्गीय शोषण भनिन्छ।बर्गीय समाजमा शोषणले हजारौ बर्ष पार गर्दै आएको छ।यस्तो शोषणको अन्त्यका लागि,नीजी स्वमित्वको अन्त्यका लागि,संपतिको ठूलो संख्या केही ब्यक्तिको हातमा रहने प्रबृत्तिको अन्त्यका लागि एउटा जबर्जस्त राजनीतिक ,सामाजिक र सांस्कृतिक आन्दोलनको आबश्यकता छ।दास समाज,सामन्ति समाज ,पुजिबादी समाज र समाजबादी समाजसंमको यात्रामा आज मानिसहरूले
सामाजिक र सांस्कृतिक क्रान्ति गर्दै आएका छन।नया समाजको निर्माण संगै नया संस्कृति र नया अर्थनीतिको निर्माण हुदै आएको छ।
यो बताइरहनु पर्दैन कि शोषणरहित समाजको निर्माण त्यस्बेला मात्र संभब हुन्छ जब समाजको संपति र उत्पादनका साधनहरूको नीजि स्वामित्व समाप्त गरिन्छ।समाज ब्यक्ति ब्यक्तिहरू मिलेर बनेको एउटा समूह हो जस्ले आफ्ना आबश्यकताहरू,धारणाहरू,दृष्टिकोणहरू,भाषिक आदान प्रदानहरू र जीउनका लागि बस्ने घरहरू,अन्न उत्पादन,सुरक्षाका उपायहरू सामुहिकतामा पाइने उनीहरूका गुणहरू  हुन।एउटै समाज र समूहबाट बिभाजित मानबजातीहरू ले एक अर्कालाइ नचिन्ने अबस्था आउछ जस्ले गर्दा कदाचित उनीहरूको भेट भये उनीहरूका बीच युद्ध वा हुलदंगाको स्थिति पनि आउन सक्छ।मानिसले बिकास गरेको रहनसहन,परंपरा,बेशभूषा,खानपान,अभिबादनको प्रयोग संस्कारका रूपमा बिकासभयो र संस्कृतिको निर्माण भयो।समाज बिना संस्कृतिको अस्तित्व रहंदैन र संस्कृति बिना समाज सभ्य हुदैन।त्यस्कारण समाज र संस्कृति एक अर्काका परिपुरक हुन।कहिलेकाहि मानब समाजमा जातीयता,धार्मिकता र संकिर्णता उग्रतातिर बढेर जान्छन जस्को फलस्वरूप समाजमा बिग्रह,बिद्रोह वा एक संप्रदायले अर्को संप्रदायमाथि कठोर आक्रमण गर्दछन।बेलाबेलामा समाजमा बिभिन्न धारा र साम्प्रदायिक दंगाले हजारौ मानिसहरूको हत्या भयेको छ। उदाहरणका लागि भारतमा राममंदिर बाबरी मश्जिद दंगामा धेरै हिन्दु र मुसलमानसरूको हत्या भयेको थियो।ठाउठाउमा ईशाई र ईस्लाम धर्मका बीच,हिन्दू र इशाइ धर्मका बीच लामो समयदेखि हिंसात्मक दंगा हुदै आएको छ।
कुनै पनि सामाजिक इतिहासमा मूलतः राजनीतिक,आर्थिक,सांस्कृतिक पाटाहरू हुन्छन,तर मूख्य पाटो राजनीति हो।सबै पक्षहरूको केन्द्रमा राजनीति प्रमूख हुन्छ।संस्कृति भनेको समाजको ऐतिहासिक बिकासको प्रक्रियाद्वारा निर्मित भौतिक अभौतिक मूल्यहरूको संश्लेषण हो।त्यस्कारण संस्कृतिको बिकासमा श्रमको भूमिका मूख्य हुन्छ।समाज मानबीय  जीबनका बास्तबिक संबन्धहरूको आधारमा निर्मित आर्थिक सामाजिक संरचनाको समष्टि हो।सभ्यता भनेको निश्चित मानब समुदायद्वारा गरिएको भौतिक र बौद्धिक बिकासको एकीकृत रूप हो।सभ्यतामा समाजका आर्थिक,सामाजिक,सांस्कृतिक र बैचारिक पक्ष सबै अबयबहरू समेटिएका हुन्छन।संस्कृति मानब चेतनाको  बिबिध रूपहरूको उत्पादन र बिकास हो।मानिसले भित्री र बाहिरी पदार्थलाइ चिन्दछ र पहिचान एबं आबश्यकता अनुसार यथार्थलाइ परिबर्तन गर्दछ।बुद्धिको सक्रिय हस्तक्षेप बिना संभब नहुने संस्कृतिको कुनै पनि क्षेत्र छैन।संस्कृति र प्रकृतिमा भयेको प्रमूख पक्ष के हो भने प्रकृति निहित  नियमहरूको स्वगतिको क्षेत्र हो भने संस्कृति ती नियमहरूको ज्ञान र त्यस ज्ञानको आधारमा यथार्थलाइ योजना बद्ध ढंगले बदल्ने र त्यस्लाइ आफ्नो नियन्त्रणमा लिने  क्षेत्र हो।कुनै मानिस जतिमात्रामा असंस्कृत हुन्छ, त्यति नै मात्रामा उ परतन्त्र हुदै जान्छ।मानिसले जे जति ज्ञात र  अज्ञात  रूपबाट समाजबाट सिक्छ,त्यो सबै संस्कृतिका अंग बन्दछन।कुनै पनि समाजको मानबीय सांस्कृतिक जीबन उस्को जीबिकामोपार्जन गर्ने पद्दति र आर्थिक जीबनसंग पूर्णतः गासिएको हुन्छ।सांस्कृतिक क्षेत्रमा ब्यापक अराजकताबाद र अबसरबादको चरित्र सही ढंगले बुझ्न मध्यमवर्ग र पूजिपतिबर्गको आर्थिक कर्मकाण्डका महत्वपूर्ण पक्षका  बारेमा जान्नु आबश्यक छ।
मानबजातीले जीबनको यो लामो र अबिराम गतिमा सबै भन्दा  पहिले प्रकृतिसंग हेलमेल गर्न सिक्यो,त्यसबाट उस्ले आफ्ना गुणहरूको पनि बिकास गर्यो।मानिसले सिकेका सबै ब्यबहारहरू मानब संस्कृतिका अंग बनेका छन।मानिसले आफ्नो जीबनलाइ एउटा महत्वपूर्ण प्राकृतिक अंगको रूपमा बिकास मात्र गरेन,प्रकृतिसंग लड्दै भिड्दै मानब समाजको निर्माण,संस्कृति र सभ्यताको निर्माण पनि गर्यो।ती गुणहरू उस्ले पशुजगतबाट भिन्नै आफैले प्राप्त गर्यो र समाजका हरेक अंगमा उस्ले आफ्ना भौतिक र आत्मिक संस्कृतिहरू छाड्न सफल भयो।हामीले आज जुन संस्कृति,संस्कार र सभ्यताको बिकास गरेका छौ मानबजातीले प्रकृतिसंग संघर्ष गर्दै बिकास गरेको अमूल्य नीधि हो।हामीले प्राप्त गरेका बिचार ,आचार,मूल्य मान्यता,रीतिरिवाज,चालचलन,कला ,साहित्य, धर्म आदिले संस्कृतिसंग संबन्धित समाजको अर्थराजनीतिको बिचारधारात्मक प्रतिबिम्ब देखाउछ।सभ्यताको जन्म श्रम बिकाससंगै  ब्यक्तिगत संपति,बर्गहरू,राज्य सत्ताको उदयको बीचबाट भयेको  हो।धर्मको उत्पति संगै त्यस्को बिशेषाधिकार पनि उच्चबर्गको हातमा रह्यो।जीबनको आर्थिक आधार र चिन्तनको रूझानले सांस्कृतिक जीबनलाइ  गहिरोगरि प्रभाबित र नियन्त्रण गर्दछ।पूजिपतिबर्गमा देखिने अबसरबादी चरित्र सांस्कृतिक जीबनमा  सबै भन्दा बढी प्रासंगिक  हुन्छ।अबसर प्राप्त भयेको बेला मानिसहरूले आत्म बिक्रयको बाटो लिन्छन जुनबाटो घोर अबसरबादी बाटो हो।त्यस्कारण नेपालको मध्यमबर्गका बुद्धिजीबीहरू ,कलाकारहरू,साहित्यकारहरू, जीबिकामोपार्जन सामु घुडा टेक्न बाध्य छन,उस्का सामाजिक चेतना क्रय-बिक्रयको माल बन्दछ।बैचारिक आन्दोलन नै यस्तो हतियार हो जस्मा बामपंथिहरूको मुखुण्डो खुस्कने भय र त्रास रहन्छ।यसरी बामपंथि आन्दोलन गर्दै गर्दा  पनि मानिसहरू अनिवार्यतः बैचारिक आन्दोलनको बिरोधमा हुन्छन।त्यस्कारण सांस्कृतिक आन्दोलनलाइ अबसरबादी र संशोधनबादी मार्गबाट  बचाउन ध्यान दिनु पर्ने देखिन्छ।
          कुनै पनि मानिस आफू उत्पति भयेको ठाउमा स्थीर भयेर रहंदैन।खानाको खोजी,बासस्थानको खोजि,सुरक्षाको खोजी, साथिको खोजीका लागि मानिसको समूह समाजको निर्माणमा लाग्दै एक ठाउबाट अर्को ठाउमा जीबन निर्बाहका लागि राम्रो ब्यबस्थापन नहुदा
 संम अगाडि बढी रह्यो।सन्तानोत्पादनका लागि महिला र पुरूष बीच यौन संबन्ध कायम भयो,त्याहा महिलाले इच्छ्याइको ब्यक्तिसंग मात्र यौन संबन्ध कायम हुन्थ्यो।पछि मात्र मानिसले बैबाहिक जीबनको सामाजिक नियम तयार गर्यो।अनिश्चित ठाउमा पुगेर मानिसले आफ्नो ब्यबस्थापन गर्यो त्यहीबाट  स्थायी रूपमा बस्न थाल्यो।बर्षा,आधिबेहरि ,भुकम्प,ज्वालामूखि,मृत्यु,हिम्स्रक जनावरको आक्रमण आदि कुराहरू मा मानिसले अदृश्य र अलौकिक शक्तिको कल्पना गर्यो।पहिला उनीहरूले जादू,टुन्नामुना र तन्त्र र मन्त्रबाट त्यो भय र त्रासलाइ भगाउने प्रयत्न गरे,तर त्यो प्राकृतिक घटनाहरू मानिसले रोक्न सक्थेन,टुनामुना र तन्त्र मन्त्रले काम गर्ने कुरै भयेन।त्यस्कारण मानबजातीले समाज बिकासको मूल कारक र प्रेरक तत्वको रूपमा कुनै अलौकिक वा ईश्वरीय शक्ति परम चेतनाको कल्पना गर्यो वा ब्यक्ति बिशेषको नीजि बिचार र अनुभबलाइ नै बास्तबिक शक्तिको रूपमा लिन थाल्यो।ती अप्ठ्यारा र भीषण घटनाहरूलाइ ईश्वरीय रूप मात्र दिइएन,तिनीहरूलाइ खुशिपार्न र आफ्नो इच्छ्यापूर्ति गर्न मानिसले बिशेष पूजा अर्चना गर्न थाल्यो जुन पछि गयेर त्यस्ले धार्मिक रूप लियो।सामान्य अर्थमा धर्म भनेको कुनै अलौकिक बस्तुलाइ बास्तबिक बस्तुको रूपमा धारणा गर्नु हो।धर्मको लौकिक शक्तिहरूले अलौकिक शक्तिको रूप धारणा गर्छन।त्यस्कारण लौकिक सामाजिक अबस्थाहरूमा परिबर्तन भये पछि धार्मिक धारणाहरू र क्रियाकलापहरू पनि परिबर्तन हुन्छन।जस्ले जे भने पनि धर्म बस्तुगत पक्ष नभयेर मनोगत पक्ष वा अमूर्त चेतन पक्ष हो।तर के कुरामा प्रष्ट हुनु पर्छ भने धर्मका आधारहरू भने बस्तुगत नै हुन्छन।जस्तो मानिसले समाजमा गर्ने ब्यबहार र सोचाइ त्यस्तै किसिमका धर्म र ईश्वरको कल्पना गर्छ किनभने धार्मिक अनुष्ठानमा हामीले त्यस्तै देबीदेबता बनाउछौ,नैबेद्य बनाउछौ जुन मानबीय ब्यबहार र चेतना भन्दा बाहिरका हुदैनन।बलि दिनु पनि त्यसैको उदाहरण हो किनभने पूजा सकेपछि मानिसले त्यस्को उपयोग गर्छ।धर्मलाइ अध्यात्मिक  गौरबको अभिब्यक्ति ठानिन्छ,पारलौकिक सत्यको दर्पण भनिन्छ र यस्ले प्रेम गर्न सिकाउछ भनिन्छ।धर्मले सन्देहको होइन,बिस्वासको माग गर्दछ।यो स्वतन्त्र बिचारको हो अर्थात यस्ले प्रमाण माग्दैन बरू धर्मले ठीकबेठीक जेहोस समर्पण माग गर्दछ।
समाजमा बिभिन्न धर्महरूको प्रयोग भइ रहेको छ।तिनिहरूको एउटै उद्देश्य छ त्यो हो ईश्वर एक मात्र छ ,आजन्मा र अनन्त छ भन्छ जस्लाइ हाम्रो चर्म चक्षुले देख्न सक्तैन।ती सबैले स्वर्ग,नर्कको कल्पना गरेका छन र मुक्तिको बाटो देखाएका छन।बौद्ध धर्म बाहेक सबै धर्ममा ईश्वरीय अबधारणा बिद्यमान छ तर त्यस्को स्वरूपबारे कसैले प्रष्ट भन्न सक्तैन।देबीदेबता, स्वर्ग ,नर्क ,कर्मकाण्ड,दैबिक धारणाहरू र बिधीहरू फरकफरक छन। बेदमा संसारको उत्पतिको धारणाहरू पनि फरकफरक छन।संसारको सृष्टिको मूलकारण कसैले जल,कसैलेअण्ड,कसैले ब्रम्ह र कतिले आत्मालाइ मानेका छन।बौद्ध अनुसार संसारको सृष्टि अबिद्याबाट,बाइबल अनुसार सातदिनमा संसारको सृष्टि भयेको मानिन्छ।यस्को प्रमाणको लागि के प्रयाप्त हुन्छ भने सबै धर्मका धारणाहरू,बिस्वासहरू,कर्मकाण्डहरूको फरकफरक ढाचा छ।एउटै धर्मका पनि बिभिन्न संप्रदायहरू छन।त्यस्कारण एउटा धर्मले अर्को धर्ममाथि संदेह,उपेक्षा,निषेधको प्रबृत्ति अपनाउनु स्वभाबिक हो।धर्मले आफूलाइ संकिर्णता,एकाङ्गीपन,र केही हदसंम साम्प्रदायिकताको दृष्टिकोण आफूमा समाबेश गर्दछ।आफ्नो धर्म भन्दा शुद्ध र उच्चस्तरको धर्म अरूको हुन्छ भनि मान्न कुनै पनि धर्मले स्विकार गर्न आनकानी गर्छ।यहूदीहरूको ईश्वर अन्य कबिला र देबीदेबताप्रति इर्छ्या राख्दछ।ईश्लाममा अन्य धर्म मान्नेलाइ कुनै स्थान छैन।धर्मको उदयसंगै अलौकिक सत्ताहरू तथा ,देबीदेबताहरूको पनि  पदार्पण भयो।धार्मिक देबता समस्त प्रकृतिको नियन्ता बन्न पुग्छ।प्रकृतिमा निहित शक्तिहरूलाइ अब प्रकृतिका शक्तिहरू मात्र मानिन्थ्यो,जस्लाइ कुनै स्वाङ गरेर समुदायको सामुहिक इच्छाको अधिन गर्न सकियोस।प्रकृतिको ईश्वरीय वा अलौकिक  सत्ताहरू जस्को इच्छ्या बिना न त बायुको अस्तित्व संभब छ,न चिकित्साको,न ब्याधिको,न समाज आफ्नैको आदि।सुरूवाती दिनहरूमा धर्मले उत्पीडित,शोषित र गरिब जनतालाइ केही आसा जगाएको थियो खास गरेर ईशाइ धर्मको उत्पतिका बेला र जनताका पक्षमा सकारात्मक भूमिका खेलेको थियो तर जब धार्मिक शक्तिले पोप र पादरीहरूलाइ राजकीय सत्ताको अंग बन्न मदत गर्यो र उनीहरू सत्ताको उच्च तहमा पुगे जनताहरूमाथि धार्मिक आग्रहका साथ शोषण र उत्पीडन गरियो।
बास्तब्मा “भ्रम”को अर्थ नै धर्मका अतिरिक्त अरू केही होइन।
 धर्मका सिद्धांतहरू हठधर्मितापूर्ण तरिकाले धर्मको प्रचारप्रसार गरीएको छ।धर्म स्वयं नै  शोषकबर्गको धुर्त्याइ हो,तर नेपालका बहुसंख्यक जनताहरू धार्मिक संस्कारहरूबाट  भयभित छन जुन एउटा सामाजिक सत्य हो।अध्यात्मबादीका अनुसार बिश्वको स्रष्टाका रूपमा ईश्वरकोअस्तित्व स्विकार्नु जरूरी छ।सृष्टिको लागि अभिकर्ताको आबश्यक हुन्छ तर पनि अभिकर्ताको रूपमा ईश्वरको कल्पना गर्न सकिन्न।के इश्वरले बाह्य जगतको रचना गर्न सक्छ? मानिसमा जब जिज्ञासा,तर्क,असंतुष्टिको प्रबाह जन्म्यो त्यही क्रममा परिभाषित र अपरिभाषित रूपमा दर्शन,धर्म र ईश्वरको जन्म भयेको हो।
ईश्वरलाइअनादी,अनन्त,अबिनाशी,अक्षेय,अमूर्त र जान्न नसकिने अकिन्चन बस्तु हो जस्लाइ संसार भ्रम हो भन्ने अध्यात्मबादको दलिल छ। ब्रम्हबादीहरूले भौतिक प्रक्रियाले बिश्व चल्दैन बरू काल्पनिक र अलौकिक शक्तिको सक्रियतामा संसार गतिवान छ भन्ने अबैज्ञानिक र भ्रमपूर्ण बिचारको प्रचार गरिएको छ।मानिसले जेलाइ ईश्वर वा परमात्मा भन्छन त्यो बस्तुगत तथ्यको मनोगत र काल्पनिक” बिम्ब”बाहेक केही होइन।ब्रम्हबादीहरू वा अध्यात्मबादीहरू बास्तबिक संसारलाइ” भ्रम”र चेतनालाइ बास्तबिक मान्दछन।सबै धर्मको मत के छ भने”,मेरो मत मान,मेरो शरणमा आउ,म तिमीहरूलाइ सबै दुख ,कष्ट र पापबाट मुक्ति दिन्छु।”तर त्यस्मा बास्तबिक प्रमाणको कुनै अंश छैन।
मानिसहरू आफू बाचेको भौतिक परिबेश र आआफ्नै सामाजिक बिकासको योजना अनुसार भगवान ,परमतत्वलाइ कतै अज्ञात दिशातिर नजर लगाउनु पर्ने स्थिति आउछ ।तत्कालीन अबस्थामा मानिसले घुमन्ते जीबन बिताउथ्यो,गाइ पाल्थ्यो र समूहमा हिड्थ्यो।यसरी ईश्वरीय सत्ता मानिसको अज्ञानता,अनुमान,भय र त्रासदीपूर्ण अनुभूतिहरूबाट उत्पन्न भयेको हुनु पर्छ।आठौ शताब्दीमा गुरू शंकराचार्यले अनात्मबादी देहलाइ अबिनाशी आत्मामा बदलेर त्यस्को नियन्ता परब्रम्ह हुन्छ भने।त्यो शास्त्रले पूर्वजन्म र पूनर्जन्मको कल्पना गर्यो।जुनसुकै धर्मका मानिसहरूले पनि ईश्वरलाइ परब्रम्ह,संदेशबाहक वा भगवानको प्रतिनिधिको रुपमा प्रस्तुत गर्दछन।जब मानिस असहाय हुन्छ,उस्का काम गर्ने उदेश्यहरूले काम गर्दैनन,त्यतिबेला मानिसहरू अदृश्य र अलौकिक ईश्वरप्रति  भक्तिभाब देखाउने गर्दछन।धर्मको भाबनात्मक र मनोबैज्ञानिक पाटो के हो भने तिनिहरूले गर्दा मानिसहरू अज्ञात भय र अदृश्य शक्तिद्वारा  शासित हुन्छन।जब मानिसमा,ज्ञान,तर्क र बुद्धिको बिकास हुन्छ उस्ले एउटा अमूर्त ढुङ्गा वा धातुलाइ अलौकिक शक्तिको रूपमा “प्राण प्रतिष्ठा”गरेर त्यस्मा मानिसले जीबित ईश्वरीय शक्ति देख्यो र त्यस्को प्रमाणको रूपमा मानिसले”यो भगवानको आदेश”भनेर चित्त बुझायो किनभने त्याहा सत्य प्रमाणको आबश्यकता पर्दैन।पछि यो परंपराले धार्मिक रूप ग्रहण गर्यो।मानिसले चन्द्र,सूर्य,तारा,ग्रह आदिलाई आकासमा देखे पछि मानिसले त्यस्मा पनि दैबी शक्ति देख्यो,तर आज बिज्ञानले ती बस्तुहरूलाइ पदार्थको गुणका रूपमा ,कणहरूको संघटकका रूपमा प्रमाणित गर्यो।तर सून्य अंक,ज्योतिष,महिना,गते,बार ,चन्द्र र सूर्यमास पूर्बीय दर्शनका उपलब्धी हुन।त्यस्लाइ ब्याख्या गर्न बेद,पुराण,उपनिषद,स्मृति र कर्मकाण्डीय पुस्तकहरू लेखिए।धार्मिक अहिसाबादीहरूले देबता र धर्मको नाम लिए पछि जुनसुकै प्रकारका हिंसालाइ पनि छुट दिइ रहेका छन।धर्मको चरित्र भनेको शोषक बर्गको हतियार बन्नु हो।जस्ले प्रत्येक कुरालाइ नियंत्रण गर्दछ।यसरि सर्बाधिक महत्वको कुरा देबी वा देबताको इच्छ्या हुन्छ यद्यपी धर्मको बिकास संगै एक सर्बशक्तिमान ईश्वरीय सत्ताले सर्बोच्चता प्राप्त गर्दछ र उही समस्त प्रकृतिको नियन्ता बन्न पुग्छ।अन्ततः धर्म र ईश्वरको निर्माण मानिसले गर्दछ धर्म र अदृश्य शक्तिले मानिसको निर्माण गर्न सक्तैन।बिश्वमा सबैको धार्मिक मत र धर्मशास्त्रको सार के हो भने संसार दुखमय छ,पापमय छ,त्यस्बाट पार पाउन अनेक दान पुण्य एबं सत्कर्म गर्नु पर्दछ भन्ने कर्मकाण्डी पुरेतहरूको मत रही आएको छ जस्ले उनीहरूको जीबन गुजरान हुन सकोस।धर्म मानबको आत्म चेतना एबं आत्मानुभब हो जस्तो कि अहिले संम स्वयं मानिसले आफूलाइ पाउन सकेको छैन कि त पहिले नै आफूलाइ गुमाइ सकेको छ।जस्को शरीर वा अस्तित्व हुदैन बिचार,चेतना,ज्ञान र इच्छ्या पनि  हुदैन।बिरोधीहरूले प्रगतिशील एबं समाजबदी आन्दोलन बिरूद्ध धर्म,अध्यात्म,रहस्यबादको उपयोग योजनाबद्ध ढंगले  गर्दै आएका छन।बिशेषतः भारतमा बिभिन्न पंथ,संप्रदाय,धार्मिक गतिबिधि ,धर्म गुरू ,मठाधीसहरू नेपालमा प्रबेश गरेर यस कुरालाइ परिलक्षित गरेका छन।ओम शान्ति,रजनीश,महेशयोगी,बालयोगी,लगायतका धार्मिक पंथ र तिन्का गुरुहरूले नेपालका टीभी च्यानलहरूबाट प्रसारण गरेर अलौकिक शक्ति प्रति आस्था जगाउने काम गरेका छन।त्यस्मा नेपालका धार्मिक प्रबृत्तिका ठगहरूको पनि उत्ति कै हात छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS