
तनहुँ
आत्महत्या रोकथाममा संयुक्त प्रयास आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि सेचतना मुलक कार्यक्रममा बोल्ने वक्ताहरुले आत्महत्याले समाजमा विकराल
रुप लिएको बताँउदै यसको न्युूनिकरणका लागि सबै पक्षको साझा र संयुक्त प्रयासमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले तनहूँमा मात्रै पछिल्लो ६ महिनामा ४३ जनाले आत्महत्यागरेको बताउदै आत्महत्याको बिषयमा संवेदशिल हुन आवश्यक रहेको बताए ।कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक विष्टले भने,‘ तनहुँमा बिशेष गरेरसमान्य लेखपढ भएका र ४६ बर्ष उमेर माथिकाले आत्महत्या गर्ने दर बढी
रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी तनहुँका अध्यक्ष प्राध्यापक डाक्टर कृष्ण गौतमले आत्महत्या न्यूकरण्का लागि समाजिक संघ संस्था तिनतहकै सरकारको संयुक्त प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै
गौतमले भने,‘समाजमा मानोसामाजिक परामर्श दिन आवश्यक छ ।’कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेलेसबकौ साझा प्रयासबाट मात्र यो समस्या समाधान गर्न सकिने बताँउदैआत्महत्या रोकथामका लागि राजनैतीक संघ संस्था धार्मिक संघ संगठनहरु लगायतको सहभागिता हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै प्रमुख
जिल्ला अधिकारी छविलाल रिजालले तीन तहकै सरकारको सहकार्य र समन्वयमा सचेतना मुलक कार्यक्रम संचालन गर्दा मात्रै आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले आत्महत्या सबै क्षेत्रको साझा समस्याको रुपमा रहेको बताए । उनले भने ,‘विभिन्न खालका तानव ब्यवस्थापन नहुदा पनि यस्ता घटना बढ्दै गएका
छन् । कार्यक्रममा बोल्दै जिल्ला बाल संरक्षण समितिका अध्यक्ष प्रेम प्रकाश भट्टराईले पुर्विय दर्शनलाई छोड्दा यस्ता खालका समस्याको बढ्दै गएको बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले आत्महत्या पनि एक किसिमको रोग भएकाले यसको बेलैमा पहिचान गर्न सके उपचार सम्भव हुने बताए ।
कार्यक्रममा कोशिल नेपालकी मनोविद सिता भण्डकारीले आत्महत्या विभिन्न पक्षका बारेरमा बताएकी थिइन् । विश्वमा मृत्यूको मुख्य १५ कारक मध्ये आत्महत्या पनि एक हो । प्रत्येक ४० सेकेण्डमा विश्वमा एक जना मानिसकले
आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको छ । आइतबार दमौलीमा आयोजित विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा दमौलीमा आयोजित कार्यक्रम समाजिक विकास कार्यालयका प्रमुख विक्रम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँले सहजिकरण गरेको थियो । कार्यक्रममा आत्महत्या रोकथामका लागि जिल्लामा सबै पक्ष मिलेर चेतनामुलक कार्य गर्ने निर्णय समेत भएको छ ।