images
images

लियो क्लब अफ तनहुँ निर्मल अल्फा द्वारा राष्ट्रिय झण्डातोलन सप्पन्न

images

दमौली ,तनहुँ २६ असार २०८२ लियो क्लब अफ तनहुँ निर्मल अल्फाको आयोजनामा श्री निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर २ का अध्यक्ष काशीराम श्रेष्ठ रहेका थिए भने क्लबका अध्यक्ष सुरज आलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम लाई सम्बोधन गर्दै श्रेष्ठले लियो क्लब अफ तनहुँ निर्मल अल्फाले बिद्यार्थी नेतृत्व बिकास र क्षमता बिकासमा महत्वपूर्ण भूमिका उल्लेख गर्दै संस्थाले गर्दै आएको कार्यको सरसफाई झण्डातोलन ,बिद्यार्थीलाई छात्रवृत्ति बितरण जस्ता कार्यक्रमको प्रशंसा समेत गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक विरबहादुर बस्नेत, लायन्स क्लब अफ तनहुँका सचिव लायन अनिल कुमार श्रेष्ठ, लायन्स क्लब अफ तनहुँकी अध्यक्ष सरिता भण्डारी, लियो क्लब अफ तनहुँका संस्थापक सदस्य सुजित श्रेष्ठ, निर्वतमान अध्यक्ष आकाश खानाल तथा वर्तमान अध्यक्ष रोबिन श्रेष्ठ र लियो क्लब अफ तनहुँ निर्मल अल्फाका निर्वतमान अध्यक्ष सुशिल लामगादे बि।क। लगायतको विशेष उपस्थिति थियो।

कार्यक्रममा झण्डातोलनसँगै राष्ट्रिय भावनाको सन्देश प्रवाह गर्दै बिद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहनुका साथै वातावरण उत्साहपूर्ण बनेको थियो।

कार्यक्रम लायन्स क्लब अफ तनहुँको सहकार्यमा सम्पन्न गरिएको हो। लियो क्लब अफ तनहुँ निर्मल अल्फाले यस्ता कार्यक्रमले बिद्यार्थीहरूमा राष्ट्रिय चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS