काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराउने इन्टरनेटमा सोमवार मध्य रातिदेखि समस्या आएको छ ।
नेपाल टेलिकमले एउटा विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय सेवा प्रदायकहरुबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकलाई सेवा प्रदान गर्दै आएको असार २४ गते बिहान १:३० बजेदेखि एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण ट्राफिकहरु वैकल्पिक सेवा प्रदायकबाट सञ्चालनमा रहेकोले उक्त लिङ्कमा चाप पर्न गई नेपाल टेलिकमको इन्टरनेट सेवाको स्पिडमा केही समस्या उत्पन्न भएको जनाएको छ ।
टेलिकमले तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको व्यहोरा अनुरोध गरेको छ ।
अप्रत्याशित रुपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भई ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमा मागेको छ।
















