images
images

पूर्व अध्यक्ष आचार्यलाई व्यास पराशर पत्रकारिता पुरस्कार

  • images
  • २५ असार २०८२, बुधबार १०:२१
images

 दमौली, तनहुँ

दमौली, २५ असार । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखामा स्थापित टिकानिधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिने भएको छ । शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस वर्षको उक्त पुरस्कार पूर्व अध्यक्ष आचार्यलाई प्रदान गर्ने निर्णय गरेको हो ।

व्यास जयन्तीको अवसर पारेर घोषणा गरिएको यस पुरस्कार शाखाको साधारणसभाको अवसर पारेर प्रदान गरिने सचिव कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

मादीसेती प्रवाह दैनिकका सम्पादक रहनुभएका आचार्य विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । सञ्चारमाध्यमको तर्फबाट व्यास पराशर क्षेत्रको प्रचारप्रसार र प्रबद्र्धनमा टेवा पु¥याए बापत आचार्यलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । पुरस्कारको राशी रु दश हजार रहेको छ ।

व्यास नगरपालिका–४ निवासी भाग्यशाली ढुङ्गाना र विष्णुमाया ढुङ्गानाले शाखामा रु एक लाख राशीको अक्षयकोष स्थापना गर्नुभएको छ । सोही अक्षयकोषबाट प्राप्त हुने व्याजबाट शाखाले प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको भवनका लागि गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु दश लाख बजेट विनियोजन गर्ने निर्णय गरेकाले प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।

यस्तै नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व उपाध्यक्ष एवं केन्द्रीय समितिका सचिव सोनी शर्माका ममतामयी माता डम्बरकुमारी पन्थको असामयिक निधन भएको दुःखद घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय भएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS