images
images

पोखरा महानगरद्वारा ४ सय ९७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

images

पोखरा । पोखरा महानगरपालिकाले उच्च शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । विभिन्न विषयमा ४ सय ९७ जनालाई ११ कक्षा पढ्न निःशुल्क छात्रवृत्ति दिने निर्णय गरिएको हो ।

शनिबार लिएको परीक्षाबाट विज्ञान विषयतर्फ १ सय ६२ जना, व्यवस्थापनतर्फ २ सय १ जना, होटेल व्यवस्थापनतर्फ ८० जना, कानून, मानविकी र शिक्षातर्फ १४ जना गरी ४ सय ९७ जना विपन्न, गरिब, जनजाति, दलित र जेहनदार छात्रछात्राहरूलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको हो ।

परीक्षाको अप्टिकल मार्क रिकग्नाइजेसन प्रविधिद्वारा पुस्तिका परीक्षण गरिएको थियो । महानगरपालिकाले प्रत्येक वर्ष छनौट परीक्षा लिने गरेको छ । उत्तीर्ण विद्यार्थीहरूलाई तोकिएका विद्यालयहरूमा निःशुल्क अध्ययनका लागि महानगरपालिकाले थप सहजीकरण गर्ने मेयर धनराज आचार्यले बताए ।

‘यस वर्षको छात्रवृत्ति छनौट परीक्षालाई थप व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउने उद्देश्यले परीक्षणमा समेत प्रविधिको प्रयोग गरिएको छ,’ आचार्यले भने, ‘परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई तोकिएका विद्यालयहरूमा निःशुल्क अध्ययनका लागि महानगरपालिकाले थप सहजीकरण गर्नेछ ।’

उत्तीर्ण विद्यार्थीहरूलाई यही असार २५ गते भित्र शिक्षा महाशाखामा सम्पर्क गरी भर्ना प्रक्रिया अगाडी बढाउन महानगरपालिकाले अपिल गरेको छ । महानगरद्वारा सिफारिस गरिएका विद्यार्थीहरूलाई अनिवार्य भर्नाका लागि सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिइएको पनि उनको भनाइ छ ।-रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS