images
images
images

बढी मुल्य लिने खाजा घरका संचालक प्रहरी नियन्त्रणमा

images

तनहुँ
म्याग्दे गाँउपालिका गुणादीमा रहेको पोखरा हाइवे रेष्टुरेन्ट एण्ड खाजा घरका संचालक अर्जुन रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । होटलमा विक्रीका लागि राखिएका उपभोग्य समानहरुमा बढी मुल्य लिर्ई उपभोक्तालाई ठगी गर्ने गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले बताए ।

प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँका तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कासीराम गैह्रेको नेतृत्वमा गएको टोलीले सो होटलमा अनुगमन गर्दा बिभिन्न खाद्य सामग्रीहरुको अंकित मुल्य भन्दा बढी मुल्य लिएर ठगी गर्ने गरेको पाइएको थियो ।

होटलमा विक्रीका लागि राखिएका खाद्य समाग्रीहरुमा कम्पनीले राखेको अधिकत्म मुल्य मेटाएर आफैले बढी मुल्यको स्टिकर कायम गरेर विक्री गर्ने गरेको भेटीएको हो ।होटलमा विक्रीका लागि राखिएको बदाम विस्कुट,पाउरोटी, केक, आलुचिप्स, दुनोट, मैकै ,भट्ट जस्ता खानेकुरामा कम्पनीको अधिकत्म मुल्य लेखिएको स्थानमा नयाँ मुल्य सुची टाँसेर विक्री गर्ने गरेको भेटीएको साहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।

विक्रीका लागि राखेका समानका १० रुपयाँ देखी ६० रुपयाँ सम्म बढी मुल्य लिएको भेटिएको थियो । सो होटलबाट बढी मुल्य राखिएका केही सामानहरु अनुगमन टोलीले नियन्त्रणमा लिएर आएको छ । ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS