images
images
images

माओवादीका जिल्ला इन्चार्ज हेरफेर ,तनहुँमा घिमिरे

images

तनहुँ
नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र०ले गण्डकी प्रदेशका जिल्ला इन्चार्जहरुको हेरफेर गरेको छ ।
पार्टी केन्द्रीय समितिको बैठकले भदौ १६ देखी सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई मध्यनजर गरी जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर तथा कार्यक्षेत्र परिर्वतन गरिएको हो । तनहुँ जिल्ला इन्चार्जमा शैलेन्द्र घिमिरेले जिम्मेवारी पाउका छन् ।

कास्कीको इन्चार्ज रहेका राजकाजी गुरुङ (करण)ले स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी पोखरा महानगरपालिकाको इन्चार्ज रहेका दीपक कोइरालालाई गोरखा जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।कास्कीमा नेत्रनाथ अधिकारी९हिमाल० इन्चार्ज तोकिएका छन् । । उनी गण्डकी प्रदेशको पूर्वसभामुख समेत हुन् । लमजुङमा आशा खनाल, बाग्लुङमा गोविन्द पौडेल, पर्वतमा बलावती शर्मा, मनाङमा बुद्धिराम गुरुङ, नवलपुर अमर तमु, , म्याग्दीमा गुप्तबहादुर हमाल, र मुस्ताङमा कपिल लामालाई इन्चार्ज बनाएको छ ।

माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा भएको सातौँ पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडाहरुमा समेत नेताहरुको जिम्मेवारी तोकिएको जनाएको छ ।माओवादीले अन्तर प्रदेश जिल्ला इन्चार्जहरुको सरुवा गरेको हो ।

images