तनहुँ
गैरआवासीय नेपाली संघ (नेपाल एशोसियसन) यूएईको अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष विकास शाहीले आसन्न २०२३/२५ कार्यकालको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
२०१९–०२१ मा कोषाध्यक्ष हुँदै २०२१–०२३ को उपाध्यक्षमा रही एनआरएनए मुभमेन्टमा सक्रियतापूर्वक काम गरिरहेका उनी यस पटक अध्यक्षका पहिलो प्रत्यासी हुन् उनी भन्छन ‘विश्वास छ, एनआरएनए (एन ए) युएइ ले यो पटक पनि साथ दिनुहुनेछ ।’
उनले संघको पारदर्शिता र श्रमिकमैत्री संस्था बनाउने आफ्नो पहिलो एजेण्डा रहेको बताए ।युएईको सीप ज्ञान , लगानी नेपालमा हस्तान्तरण गर्ने नीति पनि उनको रहेको छ।
श्रमिकसम्म एनआरएनएको पहुँच बढाउने, दूतावासससहितका सरकारी निकायसँग आवश्यक समन्वय गर्ने, यहाँका स्थानीय संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने लगायत योजना पनि उनको रहेको बताए । त्यस्तै वैदेशिक रोजगारमा गएका श्रमिकको लागि सामाजिक सुरक्षा कोषमा धेरै भन्दा धेरै जनालाई सहभागिता गराउन , नेपाली राजदुतावास संगको सहकार्यमा यु ए इ को हरेक प्रान्तमा घुम्ती शिविर सञ्चालन गरी सेवा दिने यावत् रहेको छ।
शाही र उनको टिमले कोरोना महामारीका क्रममा नेपाली श्रमिकको उद्दार, राहत र व्यवस्थापनमा अहोरात्र खटिएए नेपालीहरुको उद्धार गरेका थिए त्यसकै फलस्वरूप युएइ सरकारले उनलाई ‘कोविड हिरो अवार्ड’ बाट सम्मान गरेको थियो।
उनले भने, ‘मेरो सम्बन्ध सबै भातृ संगठन देखि अन्य संघसंस्थासँग राम्रो छ । यही कारणले म निर्विरोध हुने सम्भावना पनि देखेको छु । अहिलेको अवस्थामा सबै ९० प्रतिशत भन्दा बढी एनआरएनएसँग सरोकार राख्ने व्यक्ति तथा संघ संस्थाहरुले साथ सहयोग गर्नुभएको छ । आशा छ, म निर्विरोध हुनेछु ।’
कास्कीका शाही १८ वर्षअघि यूएईमा आएका थिए । श्रमिकका रुपमा यूएई आएका उनी आफ्नो पौरखले पछि व्यवसायीका रुपमा दरिएका हुन । यूएईमा उनका रेस्टुरेन्टलगायतका व्यवसाय रहेका छन भने दर्जनौ व्यक्तिहरूलाई रोजगारी दिँदै आएका छन्।
यूएईको दुबईमा नेपालबाट आएका पत्रकारहरुका बिचमा शाहिले यही जुलाई ३० मा हुने अधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।