images
images
images

सामाजिक कुरीति बिरुद्ध सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

images

तनहुँ
सामाजिक विकास कार्यालय तनहुँको आयोजना र जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा सामाजिक कुरीति बिरुद्ध अन्तरक्रिया सामाजिक कुरीति बिरुद्ध सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम मंगलबार दमौलीमा सम्पन्न भएको छ ।
कार्यक्रममा समाजमा रहेका कुरीति र त्यसले पार्ने असरका साथै कानूनी प्रक्रियाका बारेमा अधिवक्ता सरिता भण्डारीले सहजीकरण गरेकी थिइन् । उनले दाइजो प्रथा, छुवाछुत, बोक्सी आरोप, छाउपडी प्रथा, बालविवाह, देउकी, झुमा, कुमारी आदि सामाजिक कुरीति रहेको बताएकी थिइन्। यस्ता कुरीतिले समाज, संस्कार, र संस्कृतिमा क्षति पुयाएको उनको भनाइ थियो ।
सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले लैंङ्गिक हिंसा, बाल विवाह, दाइजो प्रथा जातीय भेदभाव, मानव वेचविखन तथा ओसारपसार लगायतका परम्परागत हानिकारक अभ्यासहरू न्यूनीकरणमा सबै एकजुट हुन आवश्यक रहेको बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सहकारी संस्था, नागरिक समाज, जेष्ठ नागरिक, एकल महिला, दलित मञ्च, बाल क्लव लगायतका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS