तनहुँ
नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ काउम्मेदवार सर्वेन्द्र खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताएका छन् । मंगलबार दमौलीमा नेकपाएमालेको व्यास नगर कमिटीको बैठकलाई सम्बोधनगर्दै खनालले राष्ट्रिय स्तरमामात्रनभई अन्तर्राष्टिूय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्लाबनाउने प्रतिबद्धता जनाए । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोहीकारण देश र जनताको सेवाको लागिआफु चुनावी मैदानमा आएको उनले बताए ।
खनालले प्रहरी महानिरिक्षकको रुपमाललिता निवासकान्डमा आफुले दोषीलाई कारवाहीगर्न फाईल तयार गरेपछि आफू विरुद्ध षड्यन्त्रभएको बताए । आफुले जिन्दगीभर राष्ट्रियताको संरक्षण र सम्बर्द्धनमालागिरहेको उनले बताए । आफ्नो प्रहरी सेवाकालमा देशको गुन्डाराज, बिकृती र बिसंगतीको अन्त्यकोलागिकाम गरेको उनले बताए । आफुले प्रहरी सेवाकालमा तनहुँका जनताको हितमा धेरै काम गरेको पनिउनको भनाइ थियो ।
आफुले जागिरे जिवनकालमा संधै जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको उनले बताए । सरकार र द्वन्द्वरत पक्षविचशान्तिवार्ताको क्रममाशान्ति सुरक्षाको जिम्मेवारी लिएको, मधेस आन्दोलन, विप्लव समुहको शान्तिप्रक्रियामाअवतरण र पृथकताबादीआन्दोलनलाई पनि राजनीतिको मुलधारमाल्याउनेकामको सुरक्षाको जिम्मेवारी आफ्नो नेतृत्वमाभएको खनालले दावी गरे।‘मसँग धेरै नेताको कुन्डली छ, आवश्यक परे जनताको माझमा सार्वजनिक गर्न सक्छु’ उनले भने ‘गुन्डाराजको अन्त्य मेरै पालामा भएको हो ।’ आफ्नो नेतृत्वमा नेपालप्रहरी उत्कृष्ट संगठन बनेको उनले दाबी गरे ।