images
images
images

तनहुँ १ मा  को को छन् सम्भावित उम्मेदवारहरु ?

images

तनहुँ

गत मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उनको निर्वाचिन क्षेत्र रिक्त जनप्रतिनिधिविहीन भएको छ । रिक्त तनहुँ १ मा अब उपनिर्वाचन हुनेछ । उपनिर्वाचन कहिले हुन्छ ? टुंगो नलागिसकेको भएपनि उक्त क्षेत्रमा चुनावी चर्चा सुरु भएको छ । सो क्षेत्रमा चुनाव लड्न नेताहरुले लबिइङ सुरु गरिसकेका छन् ।
नेपाली कांग्रेसबाट केन्द्रिय सदस्य गोविन्द भट्टराई , धुव्र वाग्ले, रघुनाथ पौडेल र  रामचन्द्र पोख्र्रेलले सम्म दाबाी गरेका छन् ।   कांग्रेसमा कृष्णप्रसाद सिटौलालाई झापाबाट तनहुँ ल्याउने चर्चा चलिरहँदा नेकपा एमालेबाट पनि पूर्व आईजीपीदेखि गत मंसिरमा पराजित उम्मेदवारसम्मलाई सम्भावित उम्मेदवारको रुपमा हेरिन थालेको छ ।

यसगैरी नेकपा एमालेबाट  एक बहादुर  , काठमाडौं ६ बाट पराजित भएका सर्वेन्द्र खनाल गृहजिल्ला फर्किन चाहेका कतिपय नेता बताउँछन् । एमालेनिकटका अनुसार उपनिर्वाचनमा खनाल पनि टिकट पाउने सम्भावितमध्ये एक हुन् । ‘उनलाई अघिल्लो निर्वाचनमा तनहुँबाट लड्न भनिएको थियो । सर्वेन्द्रले भने पार्टीले टिकट दिए चुनाव लड्न तयार रहेको प्रतिक्रिया दिने गरेका छन् ।  यसैगरी एकिकृत समाजवादीका  नेता शंकर नारायण श्रेष्ठ समेत एमाले प्रवेश गरेर निर्वाचन लड्ने तयारी गरेका छन् । बाट एमाले नेता किरण गुरूङ, रामबहादुर गुरूङ र पूर्णबहादुर गुरुङ पनि सम्भावित उम्मेदवार देखिएका छन् । तिनैजना गत निर्वाचनमा पराजित उम्मेदवार हुन् । रामबहादुर एक कार्यकाल गण्डकी प्रदेश सभा सदस्य भइसकेका छन् । ‘किरण पराजित भएका हुन् तर पार्टीका ठूला नेता हुन् ।
नेकपा माओवादी केन्द्रबाटपनि तनहुँ  मा निर्वाचन लड्ने आकाक्षीको लर्को रहेको छ । नेकपा माओवादी निकट श्रोतका अनुसार  सो पार्टीका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले तनहुँ  मा निर्वाचन लड्ने बताएका छन् । उनले गठबनधको उम्मेदवारको रुपमा आफुलाई उभ्याउने गरेका छन् । चितनवमा  कांग्रेसलाई दिएर तनहुँ १ माओवादीको  भागमा पर्ने समेत उनले बताउने गरेका छन् । उनी संविधान सभा सदस्य समेत हुन् । पुराना बामपन्थी नेताका रुपमा रहेका ढकाल मिर्लुङ्गका हुन् ।   नेकपा माओवादीमा ढकालका अलवा छितिज लामिछाने,सुर्य बहादुर गौली र ओमकुमारी पौडेलले समेत आकक्षा ब्यक्त गरेका छन् । नेकपा एककिृत समाजवादीमा तनहुँबाट प्रतापलाल श्रेष्ठ लगायतको चर्चा रहेको छ ।
गत मंसिरको निर्वाचनमा रामचन्द्र पौडेलले २५ हजार ३६१ मतसहित विजय हासिल गर्दा एकबहादुर रानाले १९ हजार ९९१ मत ल्याएका थिए भने गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS