images
images
images

अन्टुफ तनहुँको अध्यक्षमा थापा निर्वाचित

images

तनहुँ
अखिल नेपाल ट्रेड युनियन महासंघ तनहुँ जिल्ला कार्यसमितिको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विरू थापाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । तनहुँको सदरमुकाम दमौलीमा सम्पन्न अधिवेशनबाट उक्त कार्यसमितिको उपाध्यक्ष सुकराम विक, लोकबहादुर विक, अंग्रेजी श्रेष्ठ, उदयबहादुर गुरूङ, सचिव दुर्गा थापा, सहसचिव हरि परियार, कोषाध्यक्ष लक्ष्मी नेपाली निर्वाचित भएकी छन् ।
यस्तै अधिवेशनले सदस्यहरू झरना विक, रामबहादुर परियार, होमबहादुर थापा, दिनेश परियार, जुननारायण रानाभाट, मुन्ना आलम, कृष्णबहादुर विक, सूर्यकुमार श्रेष्ठ, राजु श्रेष्ठ, कमल मजकोटी, दिलबहादुर भुजेल, ठाकुर विक, कमल श्रेष्ठ, विजय थापा, शेरबहादुर गुरूङ निर्वाचित गरेको छ ।
‘योगदानमा आधारित सामाजिक सुरक्षा, सामुहिक सौदावाजी हाम्रो अभियान ,ठेकदारी प्रथाको अन्त्य र मर्यादित कामका लागि छैटौं अधिवेशन’ भन्ने मूलनाराका साथ सम्पन्न अधिवेशनमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापामगरको प्रमुख आतिथ्य रहेको थियोे ।

यसैगरी नेकपा ९माओवादी केन्द्र० का बैकल्पिक केन्द्रीय सदस्य राजेन्द्रकेशरी न्यौपाने, हेमराज लामिछाने, केन्द्रीय सल्लाहकार इन्द्रबहादुर अधिकारी, तनहुँ जिल्ला संयोजक ओमराज आले ‘मदन’ ,नेकपा ९माओवादी केन्द्र० व्यास नगरपालिकाका अध्यक्ष रामचन्द्र सापकोटा, वाइसीएल नेपाल गण्डकीका शरण सापकोटा, अन्टुफ गण्डकीका कोषाध्यक्ष टंक पौडेल, निर्माण मजदुर गण्डकीका अध्यक्ष भक्त बहादुर गुरुङ, वाइसीएल तनहुँका संयोजक केहरसिंह आले, नेकपा ९माओवादी केन्द्र० म्याग्देका उपाध्यक्ष होम आले, ऋषिङ गाउँपालिका सचिव डम्बर विक, निर्माण मजदुरका पूर्वमहासचिव शम्भुलाल श्रेष्ठ लगायतका सहभागिता रहेको थियो ।
अन्टुफ तनहुँका निवर्तमान अध्यक्ष सूर्यभक्त पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन विरू थापाले गरेका थिए भने कार्यक्रममा सुकराम विकको स्वागत मन्तव्य राखेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS