images
images
images

राष्ट्रपति निर्वाचनको आज, साँझ नै मत परिणाम सार्वजनिक हुने

images

काठमाडौं ।

राष्ट्रपति निर्वाचन आज हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो ।

निर्वाचन अधिकृत महेश शर्माका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् ।मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन । यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ । निर्वाचन अधिकृत महेश शर्मा भन्छन्, ‘४ बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी छ ।’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS