images
images
images

प्रदेश विकास समस्या समाधान समितिको सदस्यमा चुमान मनोनीत

images

तनहुँ
प्रदेश विकास समस्या समाधान समितिको सदस्यमा आँबुुखैरेनी गाँउपालिका अध्यक्ष शुक्र चुमान मनोनीत भएका छन् । गण्डकी प्रदेशको गत बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले चुमानलाई सदस्यमा मनोनित गरेको हो ।

गण्डकी प्रदेशका विकास नीति, योजना, कार्यक्रम तथा आयोजना कार्यान्वयनको प्रगती समीक्षा, समस्याको समाधान लगायत नीतिगत विषयमा काम गर्नका लागी अनुगमन तथा मूल्यांकन सम्बन्धी सर्वोच्च संयन्त्रका रूपमो समिति कृयाशिल रहेको छ । समितिमा पालिकाका प्रमुखहरुबाट ९ जना सदस्य मनोनित हुने ब्यवस्था रहेको छ ।

प्रदेशका  मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विकास समस्या समाधान समिति रहने ब्यवस्था रहेको छ ।

images