images
images
images

लैगिंक हिंसा अन्त्यका सबैले सशक्त आवाज उठाउनुपर्नेमा जोड

images

तनहुँ ।
समानको समान ज्यालासहित हिंसारहित कार्यस्थलको निर्माण गर्ने अभियानमा जुटेको अखिल नेपाल ट्रेड युनियन महासंघ, महिला समिति म्याग्देले लैगिंक हिंसाविरुद्ध विशेष कार्यक्रम सम्पन्न गरेको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघ, महिला समिति म्याग्देले महासंघका केन्द्रीय उपाध्यक्ष सोमबहादुर थापा ‘एस्बी’को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो ।

“हिंसारहित कार्यस्थलको निर्माण गरौं, लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सफल पारौं १” भन्ने मूलनारा पढेर उद्घाटन गरिएको उक्त कार्यक्रममा अन्टुफ उपाध्यक्ष थापाले लैंगिकहिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात साथै महिलाविरुद्धको हिंसा अन्त्यका लागि भएका पहलबारे चर्चा गरेका थिए ।

उनले सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका महिला अधिकारकर्मीले सुरु गरेको अभियान हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउन थालिएको बताए ।

अभियानको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासँग जोडिएको बताउँदै उपाध्यक्ष थापाले भने, “तीन दिदी बहिनीहरूको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरूद्वारा उनीहरूको सम्झना र सम्मानमा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो । पछि, सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिलाविरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो ।”

उनले नेपालमा भोजपुरमा जन्मिएकी योगमाया न्यौपानेले तत्कालिन नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारविरुद्ध वि.सं १९९८ मा परिवर्तनका लागि खबरदारी गर्दै जलसमाधि लिएपछि सुरुभएको पनि बताए ।

उनले कार्यस्थलमा हुने लैगिंक हिंसा अन्त्यका सबैले सशक्त आवाज उठाउनुपर्नेमा जोड दिँदै विभेदरहित समाज निर्माणका लागि घरबाटै सुरु गर्नुपर्ने बताए ।

यस १६ दिने अभियानको शुरुवात नेपालमा वि।सं २०५४ सालदेखि भएको पाइन्छ । तथापि, नेपाल सरकारको मन्त्रीपरिषद्ले २०७५ सालमा मात्रै लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय तहसमम मनाउने निर्णय गरेको थियो ।

उक्त कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सल्लाहकार शम्भु अधिकारी, इन्द्रबहादुर अधिकारी, गण्डकी प्रदेश सल्लाहकार दिलीपकुमार श्रेष्ठ, बेपत्तायोद्धा परिवार एवम् अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सर्वदा खनाल, म्याग्दे गाउँपालिका इन्चार्ज क।डिलबहादुर नेपालीको विशेष आतिथ्य रहेको थियो भने म्याग्दे गाउँपालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष जमुना अधिकारी, होम आले लगायतका आतिथ्य रहेको थियो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ, महिला समिति म्याग्देकी संयोजक दुर्गा थापाको अध्यक्षता साथै सचिव कल्पना रेग्मी काफ्लेको सञ्चालनमा भएको उक्त कार्यक्रममा वडा नं। २ का अध्यक्ष तिलक थापामगरले स्वागत मन्तव्य राखेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS