images
images
images

दमौलीमा सामुहिक रक्षा बन्धन गरिने

images

तनहुँ

तनहुँ, साउन २५ गते । बाह्मण समाज तनहुँले जनै पूर्णिमाको दिन शुक्रबार व्यास नगरपालिका–३ स्थित अनशन चौतरी, दमौलीमा सामुहिक रक्षा बन्धन गर्ने भएको छ ।

जातिय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्धेश्यले सामुहिक रक्षा बन्धन गर्ने निर्णय भएको बाह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए । गत वर्ष पनि समाजले सामुहिक रक्षा बन्धन कार्यक्रम राखेको थियो । सामाजिक त्रुटिको रुपमा रहेको जातीय विभेद्को अन्त्यको लागि टेवा पुग्ने हुँदा सामुहिक रक्षा बन्धन कार्यक्रम राखिएको समाजका उपेन्द्र लम्सालले बताए ।

images