images
images
images

कांग्रेस नेता बास्तोलाले भने ‘आफ्ना बिचार र एजेण्डाहरु सहित उपस्थित हुनेछु’

images

तनहुँ
नेपाली कांग्रेस तनहुँका पुर्व सचिव विश्व बास्तोलाले आफ्ना बिचार र एजेण्डाहरु सहित केही समक्ष पछि उपस्थित हुने बताएका छन् । नेपाली कांग्रेसबाट स्थानीय निर्वाचनको पुर्व सन्ध्यामा पार्टीबाट राजिनामा दिएका थिए । नोपली कांग्रेस भित्र बौद्विक र शालिन नेताको छवि बनाएका बस्तालले आगामी राजनीति यात्राका बारेमा बिभिन्न चर्चा हुने गरेको छ ।


सन्र्दभवमा बास्तोलाले समाजिक संजाल फेसबुकमा भनेका छन् ‘ बिगत लामो समय देखि राजनितिमा सक्रिय रहदा मैले सधै बेथिती, बिकृती , भ्रस्टाचार र नेताहरुको ब्यक्तिबादी सोच जस्ता गलत प्रवृत्तिको बिरुद्दमा , आर्थिक पारदर्शिता , शुसाशन र न्याय पुर्ण बिकास लगायत विधि र प्रक्रिया को पक्षमा पार्टिभित्रै रहेर आबाज उठाउदै आउने क्रममा यी तमाम बिषयहरुमा सुधारको संकेत नदेखे पछी पार्टिभित्रै रहेर सार्वजनिक रुपमा नेतृत्वबर्गको बिरोध गर्न उपयुुक्त नहुने महसुस गरि मैले पार्टी परित्याग गरि स्वतन्त्र रहने निर्णय गरेको हु। यस बिचमा मलाइ प्रतक्ष्य भेटेर र अन्य माध्यमबाट सम्पर्क गरि मेरो आगामी राजनैतिक यात्राको बारेमा चिन्ता ब्यक्त गर्नुभएकोमा म यहाहरु प्रती आभारी छु । ’ ‘समाज परिबर्तनको पक्षमा रहनुभएका तमाम आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरुलाई कत्तिपनी बिचलित नहुन आग्रह गर्दै निकट भबिस्यमा नै साथिहरु सङ परामर्श गरि आफ्ना बिचार र एजेण्डाहरु सहित यहाहरु समक्ष उपस्थित हुने बाचा गर्दै यहाँहरुले म प्रती दर्शाउनुभएको स्नेह र विश्वासका प्रती हार्दिक आभार ब्यक्त गर्दछु । ’ उनले भनेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS