images
images
images

तनहुँमा ११ बजेसम्म ३५ प्रतिशत मत खस्यो

images

तनहुँ । स्थानीय तहका लागि भइरहेको मतदानमा बिहान ११ बजेसम्म तनहुँमा ३५ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान भएको हो ।

तनहुँका सबै मतदान केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत ढुंगानाले जानकारी दिए । ‘अहिले रिपोर्ट लिने काम जारी छ, करिब ३५ प्रतिशत मतदान भएको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने ।

तनहुँमा कुल २ सय ९७ मतदान केन्द्र तथा १ सय ३६ मतदान स्थल रहेको छ । यसका लागि १ हजार ४ सय ८५ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यलय तनहुँका प्रमुख हरि प्रसाद ढकालले बताए ।

जिल्लामा ४४४ पदका लागि १ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तनहुँको देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भइसकेकी छिन्।

जिल्लामा कूल दुई लाख ४४ हजार ३४० जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लामा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।

चार नगरपालिका तथा छ गाउँपालिकासहित दश वटा स्थानीय तह रहेको तनहुँमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले जिल्लाको ४ स्थानिय तहमा गठबन्धन गरी निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेपाली कांग्रेस पुर्वसहमहामन्त्री गोविन्दराज जोशी समुहले जिल्लाका ३ पालिकामा गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका छन् । अन्य पालिकामा भने सबै एक्ला-एक्लै चुनावी मैदानमा होमिएका छन् ।

मतगणना स्थल तयार

तनहुँका सबै पालिकामा मतगणना स्थल तयार गरिएको छ । दश वटै पालिकामा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था गरेर मतगणना स्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए ।

निर्वाचनपश्चात् मतगणनाका लागि तारबारसहित मतगणनास्थल सुरक्षित पारेर सिसी क्यामेरा पनि जडान गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS