images
images
images

बन्दिपुरको भुजेल बस्तिमा वितरण गर्न लागेको ५० बाेरा चामल वाईसीएलको सहयोगमा समातियो

images

तनहुँ । तनहुँको बन्दिपुर स्थित भुजेल बस्तिमा वितरण गर्न लागेको ५० बाेरा चामल वाईसीएलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

वितरणका लागि तयारी गरेकाे अवस्थामा अाधिखाेलाबाट नियन्त्रण लिई वाईसीएलले प्रहरीकाे जिम्मा लगाएकाे वडा अध्यक्षका उम्मेदवार ध्रुव लामिछानेले जानकारी दिए ।

बुधबार राति चामल बाड्न लागेको खबर पाएसंगै माओवादी केन्द्रको भातृ संगठन वाईसीएलले नियन्त्रणमा लिएको हो ।

उक्त चामल कुन समुह वा राजनीति दलले बाड्न खोजेको हो भन्ने बारे खुलेको छैन ।

बन्दिपुरका विपन्न बस्तिमा मतदाता किन्न चलखेल भएको देखिएको प्रहरीले जनाएको छ ।

यस्ता गतिविधि शुन्य समयमा अन्य स्थानमा भएमा प्रहरीलाई खबर गर्न समेत भनिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS