images
images
images

४ वर्षभित्र हालका कच्ची सडक पिच गर्नेर्छौ–वडाअध्यक्षका उमेदवार पन्त

images

तनहूँ ।
शुक्लागण्डकी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष पदका उमेदवार शंकर पन्तले वडाभरका कच्ची सडक पिच गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । “वडाका अधिंकाश ठाउँमा मोटरबाटो खनिएको भएपनि मोटर गुडाउन योग्य सडक बनेको छैन, खुलिसकेका सबै बाटो ४ वर्षभित्र पिच गरिसक्ने गरी काम गर्नेछु ।” पन्तले भने–“हुन त वडाको बजेटले सबै बाटो पिच कसरी गर्न सकिन्छ ? भन्ने प्रश्न पनि उब्जिएला, तर हाम्रो वडा शुक्लागण्डकी नगरपालिकामा सबैभन्दा धेरै राजश्व संकलन गर्ने वडा हो, वडाका सार्वजनिक जग्गा र प्राकृतिक स्रोतहरुको वातावरण अनुकुलित प्रयोग गरी राजश्वको दायरा अहिलेको भन्दा वीसौं गुणा बढाउने छु, वडाको विकासका लागि पर्याप्त बजेट व्यवस्था गर्न कुनै समस्या छैन ।”
शुक्लागण्डकी नगरकै महत्वपुर्ण पर्यटकीय गन्तव्य भुजीकोट पुग्ने मनकौरी मार्ग र श्रीराम मोटर मार्ग ४ वर्षभित्र कालोपत्रे गरी सक्ने पन्तको दावी छ। एक्लेखेत देखि भुजीकोट र बनकेवा देखि भुजीकोटपुग्ने दुवै कच्चीसडक मुख्य प्राथकितामा राखेर पिच गर्ने पन्तले बताए ।
पन्तले एक्लेखेतका कदमबारी, चिसापानी लगायतका टोलमा रहेका बाटो पक्की बनाउने योजना प्रतिवद्वता पत्रमा उल्लेख गरेका छन् । यस्तै, जुवादी देखि सानीगाउँ र मकवनपुर पुग्ने बाटो पिच गर्ने, भुजीकोट–झुप्राङ बाटो स्तरउन्नति एंव् कालोपत्रे गर्ने पन्तले बताए ।
गाछेपानी देखि मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम जाने बाटो, गाछेपानी–साँखर–ढड्यान बाटो, गाछेपानी सतिडाडाँ–टार जोड्ने भुलभुले बाराही मोटरमार्ग, गाछेपानी–ढापकुना मोटरबाटो पिच गर्ने उनको योजना छ । हलेदी–पिपलतरा–बागेडाडाँ शिलादेवी मोटरमार्ग र हलेदीका शाखा बाटोहरु, नर्सरीको विद्यालय र चर्चटोल जाने बाटोलगायतका हाल जिर्ण अवस्थामा रहेका बाटोहरु कालोपत्रेगरि वडाभर सफा,सजिलोर बलियो सडक निर्माण गर्ने उमेदवार पन्तले बताए ।
“सडक तर्फ मेरो प्राथमिकतामा खुलिसकेका बाटाहरु पक्की गर्ने र नाला नभएका सडकमा नाला बनाउने नै हुन्छ तर कतिपय ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने पनि देखिएको छ, दगाम देखि मसार जोड्ने, ढापकुना देखि सतिडाडाँ जोड्ने जस्ता अति नै आवश्यक भएका ठाउँमा नयाँ बाटो खोलिनेछ” पन्तले भने ।
उमेदवार पन्तले भुलभुलेबाराही, च्यवनधाम, ज्वालादेवी मन्दिर लगायत वडाका धार्मिकस्थलहरु पुग्ने “धार्मिक पैदल बाटो” निर्माण गर्ने पनि बताए ।
पन्तले कृषितर्फ, टोल विकास संस्थाहरुलाई सामुहिक कृषि गर्न प्रोत्साहित गर्ने र प्रत्येक वर्ष एउटा टोललाई उत्कृष्ट कृषि टोलका रुपमा सम्मान गर्ने, कृषकहरु विच प्रतिष्प्रधा गराई सफल कृषकलाई पुरस्कृत गर्ने, न्युनआय स्तरका कृषकलाई अनुदान र ठुला कृषि फार्मलाई उच्च स्तरीय तालिम सहितको प्राविधिक सहयोग गर्ने, दुध, तरकारी र मासुमा वडालाई पुर्ण आत्मनिर्भर बनाउने र वडाका बजार क्षेत्रमा कम्तीमा ५ वटा कृषि उपज विक्रि केन्द्र निर्माण गर्ने प्रतिवद्वता जनाएका छन् । यस्तै मकवनपुर, सानीगाउँ, तार्कुडाडाँ र भंगरा लाई मौरी र बाख्राको पकेट क्षेत्र बनाउने उनको योजना छ ।
आफुले प्रतिनिधित्व गर्ने वडा औद्योगिक वडा भएको भन्दै पन्तले भएका उद्योगहरुलाई नियम र व्यवस्थित गर्ने, प्रदुषण रहित नयाँ उद्योगहरुको स्थापना गर्ने बताए ।
भुजीकोट, दगाम, स्थानथोक लगायतका जनजाती बाहुल्य गाउँमा पर्यटकीय पुर्वाधार र गुणस्तरीय घरबास कार्यक्रम मार्फत त्यहाँका बासिन्दाको मुख्य पेशा पर्यटन बनाउने पन्तले बताए ।
वडाभित्रका सरकारी विद्यालयहरुको आम्दानी बृद्वि गरी २ वर्ष भित्र पुर्णतया निशुल्क गुणस्तरीय विद्यालय शिक्षा प्रदान गर्ने, जेष्ठ नागरिकका लागि प्रत्येक ३ महिनामा घुम्ती स्वास्थ्य शिविर चलाउने, वृद्वभत्ता घरघरमा नै पु¥याउने, एकवर्षभित्र अत्याधुनिक फोहोर प्रशोधन मेसिन जडान गर्ने, सामुदायिक वनलाई सिकार आरक्षको रुपमा विकास गर्न अनुसन्धान गर्ने लगायतका योजना प्रतिवद्वता पत्रमा समेटेका छन् ।
लोकदोहोरी कलाकारका रुपमा परिचित पन्तले वडाबासीका रुपमा रहँदा आफुलाई खड्किएका अभाव र समाजसेवीका रुपमा गाउँलेलाई साथ दिदाँ महशुस गरेका आवश्यकता लाई पुरा गर्ने हुटहुटी बोकेर माओवादी केन्द्रको तर्फबाट हसिशा हथौडा चुनाव चिन्ह लिएर शुक्लागण्डकी २ को वडाअध्यक्षमा उमेदवारी दिएको बताए । “सबै विषयमा मेरो ज्ञाननहुन सक्छ, निर्वाचित भएको १ महिनाभित्र सबै क्षेत्रका विषयविज्ञहरुलाई समेटेर सुझाव समिति गठन गर्नेछु । सोही समितिको सुझावका आधारमा दिगो विकासको निति अनुरुप प्रभावकारी योजनाहरु निर्माण गरिनेछ ।”पन्तले भने ।“विकास भएन भनेर गुनासो मात्रै गरेर परिवर्तन हुदैंन, सचेत नागरिकको हैसियतले आफ्नो ठाउँको जिम्मेवारी आफैं वहन गर्नुपर्छ भनेर काम गर्ने ठाउँ खोजेको हुँ, विश्वास छ वडावासीले भावना बुझ्नुहुनेछ।”

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS